Incident Reports

श्रीमतीको हत्यारालाई कारवाहीको माग गर्दै कलैयामा प्रदर्शन

2020-07-31

Madhes, Bara, Baragadhi, Ward 1

रौतहट । श्रीमतीको हत्याका आरोपीमाथि कडा कारवाहीको माग गर्दै बाराको सदरमुकाम कलैयामा प्रदर्शन भएको छ । आफ्नै श्रीमती ४० वर्षीया राधा देवीको हत्याका आरोपी बारागढी गाँउपालिका वडा १ का बैधनाथ पण्डित कुम्हार माथि कार्वाहीको मागगर्दै कलैयामा प्रदर्शन भएको हो ।

हत्याको आरोप लागेका पण्डितलाई निर्दोष साबित गर्न केही नेताहरुको चलखेल भइरहेको भन्दै महिला अधिकारकर्मीको पहलमा बाराबढी र सो क्षेत्रका केही पालिका बाट आएको दर्जनौ महिला पुरुषले शुक्रवार साँझ जिल्ला प्रहरी कलैया देखी भरत चौक सम्म पर्दशन गरेका थिए ।

हत्यारालाई कारबाही गर, महिला हिंसा बन्द गर, गलत सिफारिस गर्ने नेता मुर्दाबाद जस्ता नारा लगाइएको थियो । प्रदर्शनकारीमा पण्डितका २ जना नाबालक छोरा र १ जना छोरी पनी सहभागी थिए ।

प्रदर्शनमा सहभागी एक जना स्थानीय महिला रामपती देवीका अनुसार आरोपी बैधनाथ पण्डितको एक जना अन्य महिलासँग पछिलो एकदशकदेखि अनैतिक सम्बन्ध छ । अन्य महिलासँगको सम्बन्धकै कारण पण्डितले आफ्नी श्रीमती राधा देवीलाई पटक पटक बिभिन्न यातना दिने कुटपिट गर्ने गर्दथे र हत्या समेत गरेको थिए ।

के हो घटना

श्रीमानद्धारा पटक पटक सारिरिक मान्सिक यातनाकै कारण पछलो चार पाँच वर्षदेखि तीन छोरा छोरीसहित राधा छुटै बस्ने गर्द थिइन् । ११ कठ्ठा मोही जग्गामा खनजोत र अन्य साहु महाजनको घरमा ज्यामी गरेर राधाले छोरा छोरीलाई ख्वाउने देखि विद्यालय पठाउँथिन् ।

३ महिना अघिमात्र बैधनाथ पण्डितले राधा देवीलाई ललाई फकाई साथै राखेका थिए । गत ८ गते केही कामले बिरगञ्ज गएका पण्डित राति १२ बजे राधा देवीलाई मोबाइलबाट फोन गरेर ढोका खोल्न लगाए ।

केही बेरपछि दुबैजना अर्थात पण्डित दम्पती घर बाहिर निक्लेको उनका १२ वर्षीय छोरा बिजय पण्डितले बताए । राति बाहिर निक्लेकी आमा बिहान पख घरमै मृत अवस्थामा भेटिएको र बुबा बेपत्ता भएको उनका छोरा बिजयले बताए ।

मृतकको घाँटीमा दुबैतर्फ डाम, शरीरको बिभिन्न संवेदनसील अंगहरुमा कुटाईको डाम र मुखमा विष हालेको अवस्थामा शव भेटिएको बिजयले बताए । राति १२ बजे बुबा आमा बाहिर जाँदा आफूले देखे पनि लाजले केही सोध्न नसकेको र बुबाले आमालाई लामो समय देखि पटक पटक यातना दिँदै आएको छोरा बिजय पण्डितले बताएका थिए ।

आरोपी पण्डित र अनैतिक सम्बन्ध रहेकी महिला मिलेर कुटपिट गरी बिष ख्वाएर हत्या गरेकाले दुबैजना माथि सोही अनुसार कडा कारवाही हुनुपर्ने माग छ । जिल्ला प्रहरी बाराका प्रवक्ता एवं डिएसपी गौतम मिश्राले मृतक महिलाको शव पोष्टमार्टम भईसकेको र थप एउटा जाँचको लागी बिसेरा काठमाडौं पठाइएको बताएका छन् ।

घटना प्रकृति र शवको अवस्थाले हत्या भएको जस्तो आशंका भएपनी आवशयक अनुसन्धान पुरा नहुन्जेल केही भन्न न मिल्ने बताए ।     


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments