Incident Reports

महोत्तरीको सदरमुकाम जलेश्वरमा निषेधाज्ञा

2020-08-01

Madhes, Mahottari, Jaleswor

महोत्तरीको सदरमुकाम जलेश्वरमा निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमा नै कारोना संक्रमण फैलिन थालेपछि गए रातिदेखि नै लागू हुनेगरी पाँच दिनका लागि निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सूचना निकालेर जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल चारकिलाको क्षेत्रमा पाँच दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी महोत्तरी गाउँपालिका वडा नम्बर ३ र वडा नम्बर ५ मा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।

एक हप्ताअघि कोरोनाका कारण ज्यान गुमाएका महोत्तरी गाउँपालिका–३ का ६४ वर्षका पुरुषको शव व्यवस्थापन र आइसोलेशन व्यवस्थापनमा खटिएका १० जना नेपाली सेना, जलेश्वरका एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, जलेश्वर नगरपालिकाका कर्मचारी र मृतकका परिवारमा कोरोनाको सङ्क्रमण देखिएपछि जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा गए रातिदेखि निषेधाज्ञा जारी गरिएको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments