Incident Reports

कपिलवस्तुमा निषेधाज्ञा

2020-08-06

कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिन थालेपछि स्थानीय प्रशासनले कपिलवस्तुमा १० दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलने उच्च जोखिम बढेकोे र बढी जनसम्पर्क हुने बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरुसमेत धमाधम संक्रमित हुन थालेपछि शुक्रबार बिहान ५ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्म लागु रहने छ । अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय र बैंक तथा बित्तीय संस्थाहरु र सार्वजनिक यातायातका सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ ।
निजी सवारीका हकमा भने मोटरसाइकल र स्कुटर जोर बिजोर प्रणालीका आधारमा संचालन गर्न सहुलियत दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलको अध्यक्षतामा जिल्ला कोरोना बिपद् व्यवस्थापन समितिको प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ ) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम सो निर्णय गरिएको प्रजिअ दीर्घ नारायण पौडेलले बताए । सजगता अपनाई संक्रमणको बिस्तारलाई रोक्न सो निर्णय गरिएको प्रजिअ पौडेलले बताए ।
बैंक कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, औषधी व्यापारीलगायत समेत कोरोना संक्रमित भेटिएपछि निषेधाज्ञा जारी गरिएको हो । जिल्लामा बिहीबार साँझसम्म ८ सय ४० जना संक्रमित भेटिएका छन् । जमध्ये ७ सय ५५ जना निको भई घर फर्किसकेका छन् । समुदायस्तरमा ४ सय ५० नमुना संकलन गरिएकोमा हालसम्म ३६ जना संक्रमित भेटिएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments