Incident Reports

प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध

2020-08-05

सिन्धुपाल्चोक — जुगल गाउँपालिकामा सञ्चालित गेलुङ खोला हाइड्रोपावरको हाइटेन्सन लाइन विस्तारमा स्थानीयले अवरोध गरेका छन् । ३ दशमलव ३ मेगावाट क्षमताको आयोजनाको पावर हाउसदेखि चौतारा साँगाचोकगढी नगरपालिका–२ बतासेमा सबस्टेसनका लागि हाइटेन्सन लाइन विस्तार गर्ने क्रममा पोल राख्दा विवाद भएको हो ।

गेलुङ हाइड्रो प्रालिका व्यवस्थापक रामकुमार राईका अनुसार चौतारा साँगाचोकगढीको बतासेमा गाडिएका ८ वटा खम्बा र तार बुधबार राति स्थानीयले उखेलेर फालेका छन् । भूकम्पदेखि बर्सेनि पहिरोको समस्याले पछाडि धकेलिँदै आएको आयोजना ७ वर्षपछि अन्तिम चरणमा पुग्न लाग्दा यस्तो अवरोध भएको उनले बताए । राष्ट्रिय प्रसारण लाइनमा जोडिन एक महिनाको मात्रै काम बाँकी हुँदा आयोजना पूर्णरूपमा थलिएको छ । ‘खम्बा र पोल परेको प्रत्येक परिवारलाई हामीले मुआब्जा दिएका छौं । तर स्थानीयले अहिलेसम्म ३ पटकसम्म खम्बा निकालेपछि हामी आजित बनेका छौं,’ उनले भने । राष्ट्रिय प्रसारण लाइनमा जोड्न गाडिएका खम्बा उखेलेर फाल्ने १४ जना स्थानीयविरुद्ध प्रशासन र प्रहरीमा सूचना दिएको उनले बताए । विद्युत् प्राधिकरणको निर्देशन प्रक्रियाबाहिर रहेकाले स्थानीयको मागअनुसार सबै गर्न नसकेको व्यवस्थापक राईको दाबी छ । २०६५ सालदेखि सुरु भएको गेलुङ खोला हाइड्रो प्रालि ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । हालसम्म ५५ करोड खर्चिएको राईले बताए । जग्गाधनी स्थानीय १४ परिवारले आयोजनाको हाइटेन्सन लाइन विस्तारमा आफूखुसी काम गरेको बताएका छन् । आयोजनाको पावर हाउसदेखि सबस्टेसनसम्म हाइटेन्सन लाइन विस्तार गर्ने क्रममा यसअघि आफूखुसी जोखिपूर्ण पोल गाडेको स्थानीयको आरोप छ । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 14
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments