Incident Reports

अझै आएन छत्रेश्वरीको बजेट, करारका कर्मचारी आन्दोलित

2020-08-06

Karnali, Salyan, Chhatreshwori

करार कर्मचारी आन्दोलित

छत्रेश्वरी गाउँपालिकामा कार्यरत कर्मचारीहरूले संघर्ष समिति नै गठन गरेर आन्दोलन थालेको छन्। आफूहरूलाई राजनीतिक एजेण्डा बनाएको भन्दै करार कर्मचारीहरुले आन्दोलन थालेका हुन्। करारमा कार्यरत कर्मचारीहरुलाई हटाउने भनेर कार्यपालिकाबाट नै आवाज उठेपछि आफूहरू आन्दोलनमा गएको संघर्ष समिति संयोजक प्रभा डाँगीले बताइन्। करारमा कार्यरत कर्मचारीहरुको तत्काल नियुक्ति दिइनु पर्ने, करार सम्झौता निरन्तरता हुनुपर्ने, राजनीतिक एजेण्डाको रूपमा आफूहरूलाई प्रयोग नगरियोस् लगायतका माग राखेर आन्दोलन थालिएको उनको भनाइ छ। गाउँपालिकाले १ सय १ जनालाई करारमा कर्मचारी भर्ना गरेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Other political issues
Actor 1 - Number of people 101
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments