Incident Reports

पीएन क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड र तालाबन्दी

2020-08-07

Gandaki, Kaski, Pokhara Lekhnath

पृथ्वीनारायण क्याम्पस पोखरामा शुक्रबार माग पुरा नभएको भन्दै आंशिक शिक्षक संघले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन् ।

करिब १४ वर्षदेख आंशिक पदमा कार्यरत शिक्षकहरुले करारको माग गरिरहेका छन् । शुक्रबारसम्म क्याम्पस प्रशासनले माग पुरा गर्न आनाकानी गरेपछि उनीहरु आक्रोशित भई तोडफोडमा उत्रिए । तोडफोडबाट क्याम्पस प्रमुखको कार्यकक्षको २ वटा झ्याल फुटेको छ भने केही कुर्सीमा क्षति पुगेको छ ।

ज्ञापनपत्र बुझाई तालाबन्दी गर्न जाँदा प्रमुखले समय नदिई बैठकको बहानामा भेट्न नखोजेपछि शिक्षकको समूहले तोडफोड गरेको हो । हालसम्म कुनैपनि क्याम्पस प्रमुखले समस्या समाधान गर्न चासो नदिँदा उक्त घटना घट्न पुगेको संघका अध्यक्ष सुनिल गौतमले जानकारी दिए । उनले भने, ‘हामी १४ वर्षदेखि पीडित छौं, हाम्रा माग पुरा नभए थप सशक्त कार्यक्रम ल्याउन बाध्य हुनेछौं ।

अध्यक्ष गौतमका अनुसार क्याम्पसको ७० प्रतिशत कक्षाभार आंशिक शिक्षकहरुले लिने गरेका छन् । पढाएको दिनको मात्रै न्यून ज्यालामा काम गरिरहेका शिक्षकहरु लकडाउनपछि भोकै परेको उनको भनाई छ ।

यसबारे क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले समस्या समाधान गर्न केन्द्रसँग निरन्तर संवादमा रहेको र सोमबारसम्म समस्या किनारा लाग्ने भन्दै आशावादी हुन आग्रह गरेका छन् । शिक्षक र प्रमुख कोइरालासँग भएको वार्तामा केन्द्रसँग प्रत्यक्ष संवाद गरी समस्या समाधानार्थ आफु उन्मुख भएको उनले जानकारी दिए ।

क्याम्पसमा हाल २ सय २० को संख्यामा आंशिक शिक्षक रहेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , INSEC

0 Comments