Incident Reports

क्‍वारेन्टाइनमै युवतीले आत्महत्या गरेपछि स्थानीयद्वारा स्वास्थ्यकर्मी र प्रहरीमाथि आक्रमण

2020-08-07

काभ्रे : काभ्रेमा क्वारेन्टाइनमा रहेकी एक युवतीले आत्महत्या गरेकी छन्। शुक्रबार जिल्लाको बेथानचोक गाउँपालिका–४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टाइनमा बसिरहेकी २१ वर्षकी युवतीले क्वारेन्टाइनमै झुन्डिएर आत्महत्या गरेकी हुन्। काभ्रेका एसपी रवीकुमार पौडेलका अनुसार उनी गत साउन १६ गते दुबईबाट नेपाल आएर क्वारेन्टाइनमा बसेकी थिइन्। गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाइनमा उनी झुण्डिएको अवस्थामा फेला परेको हो।

गाउँलेको आक्रमणमा प्रहरी र स्वास्थ्यकर्मी घाइते

युवतीको मृत्यु भएसँगै क्वारेन्टाइन व्यवस्थापनको लापरबाहीले यस्तो घटना भएको बताउँदै उनका आफन्त तथा गाउँले प्रहरी र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन्। उनीहरुले क्वारेन्टाइन भवनसँगै त्यहाँ खटिएका स्वास्थ्यकर्मीमाथि ढुंगामुढा गरेका हुन्। आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका हुन्। आफन्त तथा गाउँलेको आक्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको थियो। अहिले प्रहरीले घटनास्थलको स्थिति नियन्त्रणमा लिने कोसिस गरिरहे पनि त्यहाँको अवस्था भने तनावपूर्ण रहेको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Other
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments