Incident Reports

मलामीको फोटो खिच्ने पत्रकारको परिवारमाथि आक्रमण

2020-08-09

Madhes, Saptari, Rajbiraj, Ward 1

सप्तरीमा मृत्यु भएका पुरुषको अन्तिम संस्कारमा लागेको भीडको तस्वीर खिच्ने पत्रकारको परिवारका सदस्यमाथि आक्रमण भएको छ ।

राजविराज नगरपालकिा– १ निवासी ४० बर्षीय निजामुद्दिनको अन्तिम संस्कार गर्न नजिकैको इदगाहा लगिएको थियो । त्यस क्रममा सय जना भन्दा बढी मलामी गएको देखेपछि पत्रकार परिष कर्णले तस्वीर खिचेका थिए ।

कोरोना संक्रमणबाट जोगिन जिल्लामा निषेधाज्ञा लगाइएको समयमा यत्रो भीड देखेपछि आफूले फोटो लिएको पत्रकार कर्णले बताएका छन् ।

फोटो लिएर उनी फर्किएलगत्तै मलामी गएकामध्ये ८÷१० जनाको समूह उनको घरभित्र पसेर आमा र दुई जना भाइमाथि कुटपिट गरेको कर्णले बताएका छन् ।

‘म फोटो खिंचेर कार्यालयतर्फ गएको केहीबेरमै घरभित्र पसेर ‘कसले हाम्रो फोटो तान्यो’ भन्दै जथाभावी तरिकाले परिवारमाथि हातपात गरेका छन्’ पत्रकार कर्णले भने ।
पत्रकार कर्णका भाइ अन्जयले आफूहरुलाई केही बोल्न मौकै नदिई हातपात भएको बताए ।

नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले यो घट्नाले पत्रकार र उनका परिवार असुरक्षित भएको देखिएको बताए । उनले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Unclear
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Total Injured 3
Female Injured 1
National/Online Media

0 Comments