2020-08-11
Karnali, Rukum West, Tribeni, Ward 4
रुकुम पश्चिम – गाउँपालिकाको बजेट अनियमिततामा मुछिएका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापाल र लेखा सहायक माथि हातपात भएको छ ।
केही दिन अगाडि गाउँपालिकाको बजेट आफ्नो, आफ्नो श्रीमती र भतिजाको खातामा हालेपछि विवादमा आएका लेखापाल हेमन्तप्रकाश के.सी. र लेखा सहायक सुवास के.सीलाई स्थानीय युवाले हातपात गरेका हुन् ।
सदरमुकाम मुसिकोटमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय र नेपाल बैंकबाट काम सकेर फर्कदै गर्दा त्रिवेणी गाउँपालिकाको वडा नम्बर ४ मा रहेकाे लामाखेत भन्ने ठाउँमा आफूहरुमाथि हातपात भएको लेखापाल के.सीले बताउनुभयो ।
कुटपिट गरेर त्यही गाउँपालिकाको वडा नम्बर ५ का भिमबहादुर पुन, निराजन पुन, खकेन्द्र महर लगायतका युवाहरु भागेको उहाँले बताउनुभयो । रा १ ब ८२१ नम्बरको सरकारी मोटरसाइकलमा फर्कदै गरेका लेखापाल र लेखा सहायकलाई मोटरसाइकल रोक्न लगाएर उनीहरुले कुटपिट गरेका थिए ।
मोटरसाइकलबाट झारेर उनीहरुले फलामको रड, मुक्का र लात्तिले कुटपिट गरेकाे लेखापालका आफन्तले बताएका छन् । दुवैजनालाई ज्यान लिने र घर जलाइदिने धम्की समेत आक्रमणकारीले दिएका छन् ।
आक्रमण हुदै गर्दा उनीहरुले मोटरसाइकल छोडेर भागेर ज्यान जोगाएको बताएका छन् ।
घटनामा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष ०७६/०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयाँ लेखापाल के.सी.ले सिम्रुतुमा रहेकाे लक्ष्मी बैंकमा आफूसहित पत्नी बिर्मा र भतिजा सुवासको नाममा जम्मा गरेका थिए ।
पछि गाउँपालिकाले छानबीन गर्न थालेपछि गाउँपालिकाकै खातामा फिर्ता गरेका थिए ।
घटनाको जिल्ला प्रशासनले छानबीन गरिरहेको छ भने लेखा सहायक सुवासलाई जागिरबाट निकालिएको गाउँपालिकाले जनाएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Secondary Form | Threat/intimidation |
Weapons | Blunt weapon |
Primary Cause | Issues related to corruption (other than tenders) |
Actor 1 - Number of people | 5 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 2 |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD