Incident Reports

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको कार्यालयमा तोडफोड

2020-08-12

Sudurpashchim, Kanchanpur, Krishnapur

 कञ्चनपुरको कृष्णपुर नगरपालिकाको कार्यालयमा स्थानयले तोडफोड गरेका छन्। मंगलबार क्वारेन्टिनमा करेन्ट लागेर महिलाको मृत्यु भएको घटनाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका स्थानीयले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन। नगरपालिकाको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्।

तोडफोडबाट कार्यालयका झ्याल ढोकाका सिसा फुटेका छन्। उनीहरुले नगरपालिकाको जेसिभीको सिसा समेत फुटाइएका छन्। नगरपालिकाको बैठक कक्षसहित आधा दर्जन बढी कोठाका सिसा फुटाइएका नगरपालिका कार्यालयमा कार्यरत एक कर्मचारीले बताए।

वडा कार्यालयमा तालाबन्दी गरेर नगरपालिका कार्यालयमा स्थानीय सरकारविरुद्ध स्थानीयले प्रदर्शन गरिरहेका छन् । अहिले सशस्त्र प्रहरीले आन्दोलनकारीलाई कार्यालयबाट हटाएका छन्।

कृष्णपुर नगरपालिका ६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी राधा ओडको मंगलबार साँझ करेन्ट लागेको मृत्यु भएको थियो। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 75
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments