Incident Reports

वीरेन्द्रनगर नगरपालिका एक साता बन्द हुने

2020-08-14

Karnali, Surkhet, Birendranagar

 कोरोना संक्रमणको जोखिम बढेपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एक हप्ता सेवा बन्द गर्ने भएको छ ।

साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालय बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए ।

संक्रमितको संख्या बढ्दै गएकाले नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले बुधबार यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

यो अवधिमा स्वास्थ्य, सरसफाइ, फोहोरमैला तथा विपद् व्यवस्थापनबाहेकका कुनै पनि सेवा प्रवाह हुने छैनन् । नगरपालिकामा १६ वटा वडा रहेका छन् ।

पछिल्लो समय वीरेन्द्रनगरमा बाहिर घुमफिर नगरेका धेरै जनामा कोरोना संक्रमण भएको पाइएको छ । वीरेन्द्रनगरमा बुधवार बिहान थप १९ जनामा संक्रमण देखियो । ती १९ मध्ये ५ जना संक्रमित भने कुनै पनि ‘ट्राभल हिस्ट्री’ नभएका समुदायस्तरका हुन् ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले वीरेन्द्रनगरमा ४ जना सरकारी कार्यालयका सवारी चालक, २ जना सैलुनका कामदार र संक्रमितको सम्पर्कमा आएका ६ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै ५ जनाको भने संक्रमणको स्रोत खुलेको छैन ।

पछिल्लो संक्रमणको अवस्थाले वीरेन्द्रनगर संक्रमणको उच्च जोखिमा रहेको देखिने वाग्लेले बताए । ‘पछिल्लो अवस्था हेर्दा समुदायमा कोरोना संक्रमणको जोखिम बढी छ भन्ने संकेत दिएको छ’ उनले भने, ‘जिल्लाका अन्य पालिकाभन्दा वीरेन्द्रनगर उच्च जोखिममा छ ।’


Update

--------

सुर्खेतमा आजबाट निषेधाज्ञा, पीसीआर रिपोर्टविना प्रवेशमा समेत रोक


कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजबाट ५ गतेसम्म निषेधाज्ञा लागू भएको छ ।

वीरेन्द्रनगरमा दैनिक कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको गत बिहीबार बसेको बैठकले पाँच दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

यसपटकको निषेधाज्ञा वीरेन्द्रनगर नगरपालिकामा मात्र लागू हुनेछ । जिल्ला प्रशासन कार्यालयका अनुसार मेडिकल, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, दूध, तरकारी, खाद्यान्न जस्ता अत्यावश्यक सामग्रीका पसलबाहेक अन्य सबै बन्द हुनेछन् ।

सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले भदौ १ गते बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म वीरेन्द्रनगरमा क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताए ।

आदेशको बर्खिलाफ गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

प्रशासनले निषेधाज्ञा जारी हुनुअघि आवश्यक पर्ने सम्पूण उपभोग्य वस्तु मौज्दातमा राख्न सर्वसाधारणलाई आग्रह गरेको थियो ।

त्यस्तै जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको वीरेन्द्रनगरमा पास लिएर आएका सवारीसाधनका यात्रुले सीमा नाकामा अनिवार्य रुपमा पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्ने निर्णय गरेको छ ।

बबई, काल्चे र कुइने सिमानामा पिसिआर परीक्षणको रिपोर्ट देखाउनुपर्नेछ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments