Incident Reports

कोरोना अस्पतालमा तोडफोड प्रयास

2020-08-13

Madhes, Bara, Kalaiya, Ward 3

कलैया उपमहानगरपालिका ३ गंगापुरमा रहेको अस्थायी कोरोना अस्पतालमा बिहिबार बिहानै तोडफोडको प्रयास गरिएको छ। पचरौता नगरपालिकाबाट आएका कोरोना संक्रमितहरुले परीक्षणको रिपोर्ट नआएको बहाना गर्दै त्यहाँ रहेको टेबल, कुर्सी र ढोकामा तोडफोडको प्रयास गरेका हुन्।

बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले केही संक्रमितहरुले बिहिबार बिहान अस्पताल भित्रमा हो हल्ला गरेर त्यस भित्रमा टेबल, कुर्सी र ढोकामा तोडफोडको प्रयास गरेका बताएका छन्।

संक्रमितहरुले अस्पताल भित्र होहल्ला गरेर टेबल, कुर्सी लडाउने र ढोकामा तोडफोड गरे पछि सुरक्षाकर्मीहरुले सम्झाउने बुझाउने काम गरेको उपरीक्षक पंगेनीले बताए।

अहिले उनीहरुलाई नियन्त्रणमा लिने अवस्था नरहेकोले पछि अनुसन्धान गरेर कारवाही गर्ने पंगेनीले बताए।

अस्थायी कोरोना अस्पतालको आइसोलेशनमा ५८ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको कलैया अस्पतालले जनाएको छ।

कलैया अस्पतालका मेडिकल सुपरिटेण्डेन वीरेन्द्र मण्डलले बिहिबार पाँच सात जनाको समूहमा रहेको कोरोना संक्रमितहरुले अस्पताल भित्रमा रहेको आइसोलेशन वाडमा अनावश्यक बहाना बनाएर तोडफोड गर्ने कार्यमा उत्रेको बताएका छन्।

पचरौता नगरपालिकाबाट आएका केही संक्रमितहरुले टेबल, कुर्सी र ढोकामा तोडफोर प्रयास रहेको थाहा हुन आएको र उनीहरुले अस्पताल भित्र के के तोडफोड गरेको त्यसको बिवरण तयार गर्न लगाइएको उनले बताए।

अस्पतालमा हो हल्ला गरेर तोडफोडमा किन उर्तेको भन्दा उनीहरुले परीक्षण गरिएको रिपोट मगाउनमा ढिलो किन गरेको जवाफ दिएको मण्डलले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments