Incident Reports

रघुगंगा जलविद्युत आयोजनाको कार्यालयमा तालाबन्दी

2020-08-16

Gandaki, Myagdi, Raghuganga, Ward 3

भदौ १, २०७७ म्याग्दी : म्याग्दीमा निर्माण भइरहेको ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत आयोजनाको कार्यालयमा स्थानीय वासिन्दाहरूले तालाबन्दी गरेका छन्। निर्माण कम्पनिले स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै आइतवार साँझदेखि स्थानीयले आयोजना कार्यालयमा तालाबन्दी गरेका हुन्। रघुगंगा गाउँपालिका-३ पिप्लेमा नेपाल विधुत प्राधिकरणको ३ अर्ब र भारतीय एक्जिम बैंकको ६ अर्ब ऋण गरी कुल ९ अर्ब रुपैयाँ लागतमा यो आयोजना निर्माण भइरहेको छ। सुरुङमार्ग निर्माण गर्दा जोखिममा परेको बस्तीलाई संरक्षण तथा स्थानान्तरणमा चासो नदेखाएपछि स्थानीयले तालाबन्दी गरेका हुन्। स्थानीयले रघुगंगा माविको खेलमैदान मर्मत, सामुदायिक पन संरक्षण, स्थानीयलाई रोजगार तथा बस्ती स्थान्तान्तरण लगायतको क्षेत्रमा स्थानीयसँग भएको सम्झौता कार्यान्वयन र जनताको मागप्रति बेवास्ता गरेकाले तालाबन्दी गरिएको स्थानीय सुर्दशन रिजालले बताए।निर्माणधीन हाइड्रोपावरले जथाभावी सडक खन्ने र सम्झौताअनुसार स्तरोन्नती नगर्ने तथा स्थानीय प्रभावित युवाहरूलाई रोजगार दिलाउने सम्वन्धमा बारम्बार जानकारी गराउँदा पनि बेवास्ता गरेको स्थानीयले बताएका छन्।​४० मेगावाट क्षमताको यो जलविद्युत आयोजनाबाट सन् २०२३ को जनवरीमा विद्युत उत्पादन गर्ने लक्ष्य भएपनि निर्माण कम्पनीको ढिलासुस्तीले समयमा काम सम्पन्न नहुने देखिन्छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments