Incident Reports

कोरोना संक्रमण बढ्दै गएपछि मुगुमा निषेधाज्ञा

2020-08-17

कर्णालीमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले मुगुमा निषेधाज्ञा जारी गरेको छ । जिल्लाबाहिर र भारतबाट आउने व्यक्तिका कारण संक्रमण बढ्ने भन्दै प्रशासनले आजदेखि  जिल्लाभरि निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले जारी गरेको सूचनामा अत्यावश्यक कामबाहेक कोही पनि घरभन्दा बाहिर निस्कन नपाउने उल्लेख छ । अनुमति प्राप्त सवारी साधनबाहेक अन्य यातायातका साधन जिल्ला प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । उनले निषेधाज्ञा पालनाका लागि जिल्लाभरि पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जनाए । ‘जिल्लामा पनि संक्रमित भेटिए,’ उनले भने, ‘भारतबाट फर्कने स्थानीयका कारण संक्रमणले महामारीको रुप लिने देखिएपछि निषेधाज्ञा जारी गरेका हौं ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments