Incident Reports

सामुदायिक स्वास्थ्य इकाईमा ताला लगाउँदा सेवाग्राही मर्कामा

2020-08-02

Karnali, Humla, Simkot, Ward 8

 सिमकोट गाउँपालिका–८ स्थित खोल्सीमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा ०७७ साउन १८ गतेबाट ताला लगाएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । 

प्रदेश सरकारद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य इकाई राखिएको भवनको सात महिनादेखि भाडा नदिएको र स्वास्थ्यकर्मी नियमित नबस्दा स्थानीयले स्वास्थ्य सेवा लिन सिमकोट पुग्नु पर्ने भएपछि ९० घरले सात महिनाको १४ हजार घर भाडाको रकम माग गर्दै ताला लगाएको घरधनी मानबहादुर शाहीले जानकारी दिनुभयो । 

स्वास्थ्य इकाईमा स्वास्थ्यकर्मीको टोली नियमित नबस्दा विभिन्न रोगले ग्रस्त भएका ज्येष्ठ नागरिक, सुत्केरी, दिर्घरोगीहरु करिब ४ घण्टाको पैदल हिंडेर सदरमुकामस्थित जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा धाउनु परेको स्थानीय रुपसरा शाहीले इन्सेकलाई बताउनुभयो । 

एक जना कार्यालय सहयोगी, एक जना अनमी र एक जना अहेवसहित तीन जनाको दरबन्दी रहेको भएपनि स्वास्थ्यकर्मी नियमित नबस्नु र गाउँमा सामान्य बिरामी हुँदा पनि बोकेर अन्यत्रै लैजानु पर्ने बाध्यता भएको स्थानीय दन्त सिंहले बताउनुभयो । 

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख प्रेम सिंहका अनुसार प्रदेश सरकारले कर्मचारीको तलब मात्रै व्यहोर्ने भएकाले घरभाडा  गाउँपालिकाले नै तिर्नुपर्ने जानकारी दिनुभयो । 

सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक दानबहादुर बोहराका अनुसार घरभाडा दिने भनेर गाउँपालिकाले निर्णय नगरेकोले हाल वडा कार्यालयलेनै व्यहोर्नुपर्ने हुन्छ । कार्यालयमा स्वास्थ्यकर्मी नबसेको प्रमाणित भए प्रकृयागत रुपमा कारवाही हुने पनि संयोजक बोहोराले बताउनुभयो । 

गत वर्ष प्रदेश सरकारले बजेट बढी पठाएका कारण बचेको रकमले घरभाडा दिएको तर यो वर्ष रकम कम पठाउँदा घरभाडा दिन नसकिएको वडाध्यक्ष चक्र बुढाले बताउनुभयो । हाल वडामा बजेट नभएका कारण आफू पनि अलमलमा रहेको अध्यक्ष बुढाको भनाई छ । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments