Incident Reports

संखुवासभामा मंगलबार रातिदेखि १० दिन लकडाउन

2020-08-18

कोभिड १९ संकट व्यवस्थापन समितिले संखुवासभामा १० दिन लकडाउन गर्ने निर्णय गरेको छ ।  मंगलबार राति १२ बजेपछि भदौ १२ सम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार लकडाउनमा बजार पूर्ण रुपमा बन्द गरिने छ । अत्यावश्यकबाहेक हिडँडुल र सवारी साधन सञ्चालन गर्न पनि बन्द गरिएको छ ।

सरकारी कार्यालय, सार्वजनिक संस्थाहरु सकभर विद्युतीय माध्यमबाट गर्न प्रशासनले आग्रह गरेको छ । साप्ताहिक हाटबजार पनि पूर्णरुपमा बन्द गरिएको छ । संखुवासभामा मंगलबार थप ३ जनामा कोरोना संक्रमण देखिएपछि कोभिड १९ संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख रोशन श्रेष्ठका अनुसार पिलुवा क्वारेन्टाइनमा बसेका ३ जनाको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो । उनीहरुमध्ये २ जना वैदेशिक रोजगारीबाट विदेशबाट फर्किएका थिए । एकजना विराटनगरबाट फर्किएकोमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवश्था सामान्य छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments