Incident Reports

हेटौँडामा प्रहरीको लागि क्वारेन्टिन बनाउन खोज्दा स्थानीयले दिएनन्

2020-08-19

Bagmati, Makawanpur, Hetauda, Ward 2

हेटौँडा । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को समयमा २४ घण्टासम्म ड्युटि गर्ने प्रहरीलाई आभाव भएको छ ।

दिनानुदिन प्रहरीमा संक्रमण बढेपछि मकवानपुर प्रहरीलाई क्वारिन्टनको लागि आवश्यक रहेको स्थान खोजि समेत भएको छ । प्रहरीको आग्रह अनुसार कमाण्ड पोष्टकै बैठकमा छलफल भएबमोजिम हेटौँडा उपमहानगरपालिका वडा नंबर २ मा रहेको पल्पसा सभागृहलाई क्वारेन्टिन बनाउन खोज्दा स्थानीयले गुनासो गरेपछि उक्त स्थानमा क्वारेन्टिन बनाउन नसकिएको जानकारी आएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको स्वामित्वमा रहेको उक्त सभाहलमा क्वारेन्टिन बनाउने प्रयत्न गर्दा स्थानीयले गुनासो गरेपछि आफुहरुले उक्त काम गर्न नसकेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले सामजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

उनले सामजिक सञ्जाल फेसबुकमा लेखेका छन : अन्य अवस्थामा भन्दा हालको अवस्थामा प्रहरीको मुख्य डिउटि नै कोरोनाबाट जनता कसरी सुरक्षित बनाउने भन्ने कुरामा छ। अनि यस्तो बेलामा घर गै आएका प्रहरीलाई क्वारेन्टाइन अभाब भएको जानकारि पछि पल्पसालाई क्वारेन्टाइन बनाउन सकिन्छ कि भनेर प्रयास गरियो तर छिमेकिको गुनासो पछि अनेत्र राख्ने निर्णय गरियो। स्वास्थकर्मिले क्वारेन्टाइनमा बस्ने ब्यवस्थाको लागि अनुरोध भयो मिलाउन सारै गार्हो भयो। यहि तरिकाले हामी सबैले कोरोनाबाट उन्मुक्ति पाउन मुस्किल छ। समय अप्ठेरो छ यस्तो बेलामा जुटेर परिस्थितिको सामना गरौ बेलैमा हामी सबै सच्चिनुका साथै मानबियता पेश गरौ। सबैको जय होस।

अध्यक्ष कटुवालको स्टाटसबाट पनि हामी हेटौँडाका नागरिक अझ मुख्य बजार क्षेत्रका नागरिकको बुझाई कस्तो रैछ भन्ने समेत प्रष्ट भएको छ । महामारीको समयमा जुटेर अघि बढनुपर्नेमा नगर क्षेत्रका शिक्षीत भनिएका नागरिकहरुबाटै यस्ताखाले अबरोध हुँदै जाने हो भने कोरोना विरुद्धको लडाईमा सुरक्षाकर्मीलाई तपाई हामिलाई कहिलेसम्म साथ दिन सक्लान र ?

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments