Incident Reports

सेवासुविधामा विभेद गरेको भन्दै संक्रमितहरु उत्रिए तोडफोडमा

2020-08-18

Madhes, Parsa, Pokhariya


वीरगंज: पोखरिया नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन वार्डमा भेदभाव भएको भन्दै संक्रमितहरुले गएराति तोडफोड गरेका छन्। पोखरिया अस्पतलमा संचालन गरेको आइसोलेसन वार्डमा पानी, खाना तथा अन्य सुविधाहरुमा बन्देज लगाएको भन्दै संक्रमितहरुले विरोध स्वरुप होहल्ला गर्दै गाडी तोडफोडमा उत्रेका हुन्।

आइसोलेसन वार्डमा रहेका जनप्रीतनिधिहरुको लागि पंखा तथा समय समयमा चाहिएको अनुसारको खाना, नस्ता तथा सुविधा उपलब्ध गराएको र समान्य संक्रमितलाई  दु:ख दिएको भन्दै उनीहरुले बिरोध गरेको जनाएका छन्। पेटभरी खानासमेत नदिने गरेको नस्ताको सट्टा २ वटा पाउरोटी चिया दिने गरेको तथा उचित प्रबन्ध नमिलाउँदा आफुहरु कति रातदेखि भोकभोकै सुत्न बाध्य भइरहेको उनीहरुको गुनासो छ।

पोखरिया नगरपालिकामा नगरप्रमुख, कार्यकारी अधिकृतलगायत केही वडाध्यक्षसमेत संक्रमित भएर उपचाररत रहेकोले आइसोलेसन वार्ड व्यवस्थापनमा कठिनाई भइरहेको पोखरीया अस्पतालका कर्मचारी तथा आइसोलेसन वार्डको एक जना स्वास्थयकर्मीले प्रतिक्रिया दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments