Incident Reports

वडाध्यक्षले नै कुटाएको भन्दै आन्दोलन

2020-08-20

Province 1, Morang, Rangeli, Ward 5

मोरङ : मोरङको रंगेलीमा वडाध्यक्षले नै नेतृत्व गरेर प्रहरीबाट जनता कुटाएको भन्दै स्थानीय नाराबाजीमा उत्रिएका छन् । विवाद झन् चर्किएको छ । स्थानीयले वडाअध्यक्ष महानन्द मण्डलले कुटपिट गर्न लगाएको भन्दै उनको राजीनामा मागेका छन् । 

प्रहरी चौकी आमगाछीमा छलफल गर्न बसे पनि स्थानीयले मण्डलले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरी उनको पुत्लासमेत जलाएका छन् । मण्डलले माफी मागे पनि स्थानीयले अझै विवाद गरिरहेको बताइएको छ । 

रंगेली नगरपालिका ५ मा पसल खोलेको विषयमा विवाद भएको थियो । स्थानीय प्रहरी चौकी (ख) घेराउ गर्दै सर्वसाधारणले विरोध गरेका छन् । 

स्थानीय सुरेन्द्र मण्डलले लाठीचार्ज हुँदा कतिपयको टाउकोमा समेत चोट लागेको बताए । भने, “वृद्ध र युवाहरूलाई चोट लागेको छ ।” झडपको अवस्था आउँदा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) सन्तोष यादवको पनि टाउकोमा चोट लागेको बताइएको छ । 

रंगेली क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नगरपालिकाले लकडाउन गर्दै आउजाउमा कडाइ गरेको छ । बजार खोल्न कडाइ गरिएको छ ।बुधबार राति प्रहरी तथा वडाध्यक्ष महानन्द मण्डल सँगै गएर घरको आँगन तथा खेतबाट आउदै गरेका वृद्धवृद्धासम्मलाई कुटपिट गरेको बताइएको छ । स्थानीय दीगम्बर मण्डलले भने, “वडाध्यक्षकै नेतृत्वमा कुटपिट भएको हो ।” स्थानीय वीरेन्द्र मण्डल, मोतीलाल मण्डल, रमेश मण्डल, अनुज मण्डलसहित ३० जनाभन्दा धेरैलाई कुटपिट गरेको बताइएको छ । 

 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments