Incident Reports

जिल्ला अस्पताल संखुवासभाको आइसोलेसन तोडफोड

2020-08-20

 जिल्ला अस्पताल मातहत रहेको हिमालय किरण पब्लिक क्याम्पसस्थित आइसोलेसन बिहीबार राति तोडफोड भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कोरोना संक्रमिण विरामीको हिमालय क्याम्पसको आइसोलेसन राखेर उपचार गर्न निर्णय गरेको थियो। जिल्ला अस्पतालले हिमालय क्याम्पसमा १० शय्याको आइसोलेसन निर्माण गरेको थियो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लका अनुसार तोडफोड गर्न व्यक्ति अहिलेसम्म फेला परेको छैन। आइसोलेसन तोडफोड हुँदा लाखौं रुपैयाँ क्षति भएको अस्पताल प्रशासनका कर्मचारी दिपेश क्षेष्ठले बताए। तोडफोडबाट शय्या, अक्सिजन कन्सनथेटर, डिभाइडरलगायतका सामग्रीमा क्षति पुगेको छ। हिमालय क्याम्पस प्रशासनले बिहीबार क्याम्पसमा निर्माण गरिएको आइसोलेसन हटाउन माग गर्दे जिल्ला प्रशासन कार्यालय घेराउ गरेको थियो।

आइसोलेसन तोडफोड गर्ने क्याम्पसका प्रमुख पक्राउ

खादबारी, ६ भदौं । सङ्खुवासभामा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् ।

हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिना पक्राउ परेका हुन ।  

जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले तिम्सिनालाई पक्राउ गरेको हो ।  

अस्पताल प्रशासनका अनुसार आइसोलेसन प्रयोगका लागि राखिएका सामग्री बिहीबार राति तोडफोडपछि हराएको थियो । १५ लाख बराबरको सामग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए । 

झाका अनुसार ७० पिपिइ सेट, प्यासेन्ट मनिटर, सक्सन मेशिन, अक्सिजन मेशिन, अक्सिजन डिभाइडरलगायतका सामग्री हराएको छ । 

अहिले आइसोलेसनमा तीन जना कोरोना सङ्क्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए । रासस


Update

-------------


आइसोलेसन तोडफोड गर्ने क्याम्पसका प्रमुख पक्राउ

सङ्खुवासभामा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् ।

हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिना पक्राउ परेका हुन ।

जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले तिम्सिनालाई पक्राउ गरेको हो ।

अस्पताल प्रशासनका अनुसार आइसोलेसन प्रयोगका लागि राखिएका सामग्री बिहीबार राति तोडफोडपछि हराएको थियो । १५ लाख बराबरको सामग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए ।

झाका अनुसार ७० पिपिइ सेट, प्यासेन्ट मनिटर, सक्सन मेशिन, अक्सिजन मेशिन, अक्सिजन डिभाइडरलगायतका सामग्री हराएको छ ।

अहिले आइसोलेसनमा तीन जना कोरोना सङ्क्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Secondary Cause Quarantine Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments