Incident Reports

कैलालीमा भदौ १४ गते राति सम्म निशेधाज्ञा

2020-08-20

कैलालीमा बिहीबार रातिदेखि लागू हुने गरी भदौ १४ गते रातिसम्मका लागि निशेधाज्ञा जारी भएको छ। जिल्ला प्रशाशन कार्यालयले निषेधाज्ञा कडाइ साथ लागू गर्ने बताएको छ।  निषेधाज्ञा जारी भएपछि अत्वाश्यकबाहेकका गतिविधि बन्द गर्न प्रशासनले आदेश जारी गरेको जिल्ला प्रशाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।  जोशीले यो अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्न नपाइने बताए।  निषेधाज्ञा अवधिमा अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका साधन, भन्सारबाट जाँचपास भई आएका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य सवारी साधन जिल्लाभित्र प्रवेश गर्न निषेध गरिएको छ।  बैंकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments