Incident Reports

स्वास्थ्यकर्मीमाथि बढ्दो दुर्व्यवहारविरुद्ध प्रदर्शन

2020-08-24

Bagmati, Kathmandu, Gokarneshwor

कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुर्व्यवहारको विरोध र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन भएको छ ।

मानव अधिकार तथा शान्ति समाजले सोमबार बिहान जोरपाटीमा गरेको प्रदर्शनमा स्वास्थ्यकर्मीको सम्मान गरौ, सुरक्षाकर्मीलाई सहयोग गरौ, सञ्चारकर्मीको संरक्षण गरौ, सर्वत्र सद्भाव प्रदर्शन गरौ भन्ने आग्रह गरिएको थियो ।

प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौँलागाई, काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनीले सङ्कटको घडीमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेकाले काममा सहयोग गर्नुपर्नेमा जोड दिए। 

उनीहरुले अत्यावश्यक सेवाका यी क्षेत्रप्रति सबैले सहयोग गर्नुपर्नेमा जोड दिदैं यस्ता संवेदनशील क्षेत्रमा कार्यरतहरुको सधैँ सम्मान र सहयोग गर्न सबैलाई आग्रह गरे । 

प्रदर्शनमा डेढ दर्जन बढी अधिकारकर्मीको सहभागिता थियो । सुरक्षा विधि अपनाएर भौतिक दूरी कायम राख्दै कार्यक्रम आयोजना गरिएको सभापति पुडासैनीले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people 20
Actor 1 - Affiliations HRD
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments