Incident Reports

धरानस्थित बीपी प्रतिष्ठानका नर्सहरु आन्दोलित

2020-08-24

Province 1, Sunsari, Dharan

प्रकाशित मिति : 24 August, 2020 12:43 pm 

सुनसरी । विरामीको उपचारमा अग्रपंक्तिमा खटिदै आएका सुनसरीे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफनर्सहरु आन्दोलित भएका छन् ।

कोरोना संक्रमितहरुको उपचारमा खटिएका उनीहरुलाई प्रतिष्ठान व्यबस्थापन पक्षले विना स्वास्थ्य सामाग्री डिउटीमा खटाएको भन्दै आन्दोलित भएका हुन् ।

आज प्रतिष्ठानको आईसियुमा उपचाररत एक विरामीमा संक्रमण देखिए पश्चात उपचारमा खटिएका नर्सहरुलाई क्वारेन्टिनमा नपठाएको र डिउटीमा खटाउदा समेत पीपीइ, पञ्जा र मास्क उपलब्ध नगराएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

आईसीयूमा कार्यरत स्टाफ नर्स त्रिबेणी ढकालले नर्सहरुको सुरक्षामा वेवास्था गरेको भन्दै सुरक्षा समाग्री उपलब्ध नगराएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments