Incident Reports

आइसोलेशनको बेथिति सार्वजनिक गरेको भन्दै कोरोना संक्रमितलाई धम्की

2020-08-24

Madhes, Dhanusha, Nagarain

जनकपुर । प्रदेश नम्बर २ को सरकारले स्थापना गरेको आइसोलेशनको अवस्था र बेथिति बाहिर ल्याएको भन्दै धम्की दिइएको छ । धनुषाको नगराईन नगरपालिकाको गंगुलीस्थित आइसोलेसनमा रहेका एक सञ्चारकर्मीलाई यसरी धम्की दिइएको हो । सेनाका एक जवानले सफाइकर्मीमार्फत कोरोना संक्रमित ती संचारकर्मीलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

आइसोलेसन कक्षभित्रको बेथिति समाजिक सञ्जालमार्फत बाहिर ल्याएपछि नेपाली सेनाका केही जवानले सरसफाईकर्मीमार्फत धम्की दिएका हुन् । पीडित सञ्चारकर्मीले भने, ‘सफाई कर्मचारीले हामीलाई आइसोलेसन भित्रको कुरो बाहिर ल्याए सेनाले मार्ने धम्की दिएको सुनाए ।’

सफाई कर्मचारी राजा मेस्तर सोमबार सफाईका लागि आइसोलेशन कक्षमा आउँदा धम्की दिएको ती सञ्चारकर्मीको भनाइ छ । यता प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले धम्की दिने सैनिकलाई स्पष्टीकरण सोध्न सेनाको कर्नेललाई भनेको जानकारी दिए । उनले भने– ‘सेना दोषी ठहरिए कारबाही हुन्छ, ढुक्क हुनुस् ।’

यसअघि सफाई कर्मचारी नै संक्रमितहरुलाई चेकजाँच गर्न पुगेको दृश्य बाहिरिएपछि खुबै आलोचना भएको थियो । आलोचनापछि आइसोलेशनमा कार्यरत्त चिकित्सकको टोली दुई दिन अगाडि परिवर्तन गरिएको उनले जनाए । त्यस्तै कोभिड अस्पताल जनकपुरका संयोजक डा.जामुनप्रसाद सिंहले आइसोलेशनमा दोषी पाइएका एक जना चिकित्सक, एक जना एसिस्टेन्ट र एकजना स्वीपरलाई त्यहाँबाट हटाइएको जानकारी दिए । जबकि थर्मलगन लिएर संक्रमितलाई चेकजाँच गर्न पुगेका सफाई कर्मचारी सोमबार पनि सफाइका लागि खटिएका थिए ।

संक्रमित संचारकर्मीकाअनुसार हाल चिकित्सक नै संक्रमितहरुलाई चेकजाँच गर्न खटिएका छन् । तर दुई दिनदेखि गंगुली आइसोलेसनमा रहेको थर्मल गन भने बिग्रिएको छ । दुई दिनदेखि थर्मल गनमा ब्याट्री भएकाले आइसोलेसनमा रहेका बिरामीहरुको शरीरको तापक्रम मापन हुन सकेको छैन ।  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Healthcare Management
Actor 1 - Number of people N
Actor 1 - Affiliations Army
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments