Incident Reports

एम्बुलेन्स चालक आन्दोलित, हरेक १५ दिनमा पिसिआर गर्नुपर्ने माग

2020-08-24

 धनकुटा : असुरक्षित रुपमा एम्बुलेन्स चलाएर बिरामीको ओसारपसार गर्दा खतरा बढिरहेको भन्दै धनकुटाका एम्बुलेन्स चालकहरु आन्दोलित भएका छन्। एम्बुलेन्स चालकहरुले सोमबार धनकुटा जिल्ला प्रशासन कार्यालय धनकुटामा ज्ञापनपत्र बुझाउँदै सुरक्षा सामग्री र हरेक १५÷१५ दिनमा पिसिआर परीक्षण लगायत १० बुँदे माग गरेका छन्। एम्बुलेन्स चालकहरुले प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीलाई आवश्यक सामग्री माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्। एम्बुलेन्स चालकहरु असुरक्षित भएर एम्बुलेन्स चलाउन बाध्यता रहेको सो ज्ञापनपत्रमा उल्लेख छ। ज्ञापनपत्रमा कोरोना महामारीभरि एम्बुलेन्स चालकलाई खान र बस्नको व्यवस्था हुनुपर्ने, कोरोनाका बिरामी बोक्दा एम्बुलेन्स भाडाको ५० प्रतिशत चालकले पाउनुपर्ने, हरेक एम्बुलेन्सलाई ७÷७ दिनको पालोको तालिका बनाई दैनिक एक हजारका दरले ७ हजार रुपैयाँ एकमुष्ठ पाउनुपर्ने, कोरोनाका बिरामी बोकिसकेपछि १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाई दैनिक एक हजार भत्ताको व्यवस्था हुनुपर्ने उल्लेख छ। यस्तै बिरामी बोकेर धरान गएको बेला भेडेटारमा हुने चेकजाँच बन्द गरिनुपर्ने, हरेक दिन गाडी निर्मलीकरण गरिनुपर्ने, एम्बुलेन्स चालकको बिमा शुल्क निशुल्क उपलब्ध हुनुपर्ने, महामारीसम्बन्धी हरेक बैठकमा एम्बुलेन्स चालकको प्रतिनिधीको व्यवस्था हुनुपर्ने र जिल्ला अस्पतालको एम्बुलेन्सले सेवा दिने नसकेकोले सेवा दिने एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। कोरोनाको महामारी बढ्दै जाँदा पनि धनकुटामा एम्बुलेन्स चालकहरुका लागि सुरक्षित व्यवस्थापन हुन नसकेको धनकुटा नगरपालिकाको एम्बुलेन्स चालक नविन श्रेष्ठले बताए। ‘बिरामीलाई अस्पताल पु¥याउने हामी नै सुरक्षित छैनौं,’ उनले भने, ‘पूरै शरीर ढाक्ने सुरक्षित कपडा पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट (पिपिई)नै छैन।’ उनले एम्बुलेन्स चालकलाई एन्टी ब्याक्टेरियल स्प्रे र सुरक्षा सामग्री (मास्क, पन्जा, एप्रोन, गमबुट, सेनिटाइजर) उपलब्ध गराउनुपर्ने बताए। कोरोनाको संक्रमण बढ्दै गएपछि धनकुटामा ९ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ। कोरोनाको आशंका पाउने बित्तिकै एम्बुलेन्स चालकहरु बिरामीको घरमा पुग्नुपर्ने र बिरामीलाई क्वारेन्टाइन वा अस्पतालसम्म पुर्याउन खटिनुपर्ने अवस्था छ। तर उनीहरुको स्वास्थ्यमाथि हुने खतरालाई व्यवस्थापन गर्न कसैको ध्यान नपुगेको एम्बुलेन्स चालकको गुनासो छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments