Incident Reports

गोली हानी लागूऔषध कारोबारी पक्राउ

2020-08-25

Karnali, Rukum West, Musikot, Ward 4

रुकुम पश्चिम — प्रहरीले गोली प्रहार गरेर अवैध लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । मुसीकोट नगरपालिका–४, ठाराढुङ्गामा मंगलबार बेलुकी अवैध लागूऔषध अफिम कारोबार भइरहेको शंकामा सोधपुछ गर्दा प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले गोली प्रहार गरेको थियो ।

गोली लागेर मुसीकोट नगरपालिका–११, का २५ वर्षीय निर्मल पुन: घाइते भएका छन् । उनको घुँडाभन्दा माथि तिघ्रामा गोली लागेको छ । उनको प्राथमिक उपचार जिल्ला अस्पतालमा गरिएको थियो भने थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । सोही क्रममा सोही वडाका ३५ वर्षीय लक्ष्मी पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जना जयप्रकाश पुन भने फरार भएका छन् । कन्ट्रोल डेलिभरीको क्रममा रुकुम पूर्व र रुकुम पश्चिमको संयुक्त प्रहरी टोलीले उनीहरुमाथि गोली प्रहार गरेको रुकुम पश्चिमका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

यसअघि रुकुम पूर्वमा भदौ ६ गते अफिमसहित पक्राउ परेका कारोबारी बयानको आधारमा अरुलाई पछ्याउँदै रुकुम पूर्वको प्रहरी टोली पश्चिमसम्म आइपुगेको डिएसपी केसीले बताए । दुवै जिल्लाको संयुक्त अप्रेशन गर्ने तयारी भइरहेका बेला उनीहरुसँग जम्काभेट हुँदा प्रहरीमाथि जाइलागेपछि गोली प्रहार गर्नुपर्ने अवस्था आएको उनले बताए । रुकुम पूर्वबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश गुरुङ कमाण्डमा अप्रेशन टोली रुकुम पश्चिम आएको थियो । प्रहरीले उनीहरुको साथबाट केही परिमाणमा अफिमलगायत सामग्री बरामद गरेको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान रुकुम पूर्वबाटै हुने छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Violence during arrest/detention
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments