Incident Reports

औषधि व्यवसायीमाथि हातपात गरेपछि बीरगञ्जका औषधि पसलहरु बन्द

2020-08-25

Madhes, Parsa, Birgunj


वीरगञ्ज ९ भदौ । पर्सा प्रहरीले औषधि व्यवसायीमाथि हातपात गरेपछि बीरगञ्जका औषधि पसलहरु लगभग आज दिनभर बन्द रहे ।त्रिशक्ति मेडिकल हलका स्टाफमाथि हातपात गरेपछि कुरा बुझ्न पुगेका मेडिकल सञ्चालक दिलिपबिक्रम साहलाई पक्राउ गरेको थियो । औषधि व्यवासायीलाई हातपात गरेर थुनेको थाहा भएपछि औषधि व्यवस्ययीहरु आन्दोलित बनेका थिए । औषधि पसलेहरुले निषेधाज्ञाकाबीच पनि सेवा दिइरहेको अवस्थामा प्रहरीले ज्यादति गरेको भन्दै पसलहरु बन्द गरेर विरोध जनाएका थिए ।वडा प्रहरीले कार्यालय विर्ताले पछि आन्दोलित व्यवसायीमध्ये ३ जनालाई पक्राउ गरेको छ । पसल बन्द गर्ने क्रममा पक्राउ परेका मध्ये उज्ज्वल मनिष श्रीवास्तव,सुरज चन्द्रवसिंह र दिलिप शाह रहेका छन् । कोरोना जोखिम न्यूनीकरणका लागि पर्सामा विगत एक महिनादेखि निषेधाज्ञा लगाइएको छ । कोरोनाको कारण पर्साका सुगम तथा ग्रामीण भेग समेत अछुतो रहेको छैन । अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Violence during arrest/detention
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments