Incident Reports

मुगु सदरमुकाम गमगढी एकहप्ता शिल

2020-08-25

Karnali, Mugu, Chhayanath Rara

जिल्ला प्रशासन कार्यालय मुगुले जिल्ला सदरमुकाम गमगढीमा एक हप्ताको लागि लकडाउन निर्णय गरेको छ | आज बसेको कोभिड १९ विपद ब्याबस्थापन समितिको  बसेको वैठकले यस्तो  निर्णय गरेको  हो ।

जिल्लामा गत सोमबार छायानाथ रारा नगरपालिका भित्र एक  जनामा कोरोना पोजेटिभ देखियपछी यसको प्रभाब लाइ आसपासका क्षेत्रमा फैलिन नदिन र यसको रोकथाम तथा न्यूनीकरणकाका लागि  बसेको जिल्ला स्तरीय सरोकार वालाको वैठकले भदौ दस गते देखि सोह्र गते सम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारि कृष्ण कुमार निरौलाले बताउनु भयो |


निरौलाले यो अबधिभर बिधालय, धार्मिक कार्य सभा सम्मेलन जस्ता भिडभाड हुने कार्य पूर्ण रुपमा बन्द हुने पनि स्थानिय समुदायमा जानकारी गराई सकेको बताउनु भयो |

स्वास्थ्यकर्मी,सुरक्षाकर्मीका सवारी साधन र मालबाहक सवारी साधन बाहेक अन्य सबै सवारी साधन नचल्ने र बजार पनि  बिहान७ बजे देखि ८ बजे सम्म र साँझ ५ बजे देखि ६ बजे सम्म खुल्ला रहने जिल्ला प्रशासन कार्यालय मुगु दवारा जारि आदेसमा उल्लेख  छ |

त्यस्तै नगरपालिका भित्रका हरेक घरको एक जनाको  आर. डी. टि. जाच गर्ने र हरेक नागरिकलाई माक्स वितरण गरिने तयारी भैरहेको पनि निरौलाले बताउनु भयो |

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Curfew/prohibitory order issues by the state
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments