2020-08-26
भदौ १० गते : पर्सामा निषेधाज्ञाको बेला पनि पसल खोल्ने र चर्को मूलमा सामान बिक्रवितरण गर्ने तीन वटा पसललाई कारबाही गरिएको छ ।
निषेधाज्ञामा दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्यवृद्धि गरी बिक्रीवितरण गरिरहेका माईस्थान वीरगन्जका चन्द्रकिशोर ट्रेडर्स, शिव देवी ट्रेडर्स र मा जगदम्बा फ्रुट सेन्टरमाथि कारबाही गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले जानकारी दिए ।
तरकारी तथा फलफूल पसलमा अनुगमन गर्दा मूल्यसूची नराखेको तथा खरिदबिक्री बिल उपलब्ध गराउन नसकेको पाइएपछि कारबाही गरिएको हो । चन्द्रकिशोर ट्रेडर्स र शिवदेवी ट्रेडर्सलाई २०/२० हजार र मा जगदम्बा फ्रुट सेन्टरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा नारायण आचार्यले बताए ।
उपभोक्ताको गुनासोका आधारमा बुधबार बिहान वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त अनुगमन टोलीले बजार अनुमगन गरेको थियो ।
यसलाई निरन्तरता दिइने अनुगमन टोलीका सदस्य तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवको भनाइ छ । पर्सामा साउन १० गतेदेखि जारी निषेधाज्ञाको एक महिना पुगेपछि पहिलोपटक बजार अनुगमन गरिएको बताइएको छ । टुडेपाटी
Violent / Non-violent | Nonviolent |
Primary Form | Black Marketing |
Primary Cause | Issues related to commodity availability, prices, and subsidies |
Secondary Cause | Irregularities in Commodity Market |
Actor 1 - Number of people | 3 |
Actor 1 - Affiliations | Private company |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD