Incident Reports

मिडियाको आडमा मन्दिर पर्खाल तोडफोड भन्दै यादव विरुद्ध ओर्ले जनकपुरवासी

2020-08-26

Madhes, Dhanusha, Janakpur

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रसिक बिहारी मन्दिरको पर्खाल तोडफोड गरेको भन्दै एक पत्रकार विरुद्ध जनकपुरवासी तातिएका छन् ।

गएराती करिब ११ बजेको समयमा जनकपुरधामस्थित रसिक विहारी भगवान तेली कुटी उपर धावा बोल्दै मन्दिरको पर्खाल डोजरले भत्काएपछि पत्रकार बृज कुमार यादव विरुद्ध जनकपुरवासी जनकपुरमा नारावाजी गर्दै विरोध जनाएका छन् ।  

बाह्र विगहा (रँगभूमि मैदान) नजिकै रहेको तेली कुटीमाथि रातीमा डोजर लिएर पुगेका पत्रकार यादव सहितको टोलीले मन्दिरको पर्खाल भत्काएको आरोप लगाएको छ । उद्योग वाणिज्य सँघका पूव अध्यक्ष एवम् व्यावसायी शिवशंकर साह हिराले यादव मिडियाको आडमा मन्दिरको जग्गा हडपन लागेको आरोप लगाउँदै लाठी, फाटा सहित पत्रकार यादव विरुद्ध प्रदर्शन गरिएको बताए । 

जनकपुर टुडेका सम्पादक समेत रहेका पत्रकार यादवले कुटीमा बस्दै आएका साधुसन्त र कुटीको छेउमा रहेको पताञ्जली योग पिठका साधुहरुलाई ज्यान मार्ने धम्कीसमेत दिएको बताउँदै सयौं वर्षभन्दा पुरानो तेली कुटीको छेउमा रहेको जानकी मन्दिरको एक कठा जग्गा हडपनको लागी प्रपञ्च रचेको आरोप लगाउँदै उनी विरुद्ध नारावाजी गरेका छन् ।  

पत्रकार वृज कुमार यादवले मिडियाको आडमा कुट्टीको जग्गामा डोजर चलाएर जग्गा कब्जा गरेको आरोप साहले लगाएका छन् ।  

लकडाउनको मौका छोपेर गुठीको जग्गामा बाटो पनि काटिएको बताइएको छ । अहिले छेउमै रहेको तेली कुटीको जग्गा पनि भूमाफियाले कब्जा गरेको बताइएको छ ।  

सो सन्दर्भमा पत्रकार यादवले कुट्टी नै आफ्नो निजी जग्गा कब्जा गरेको बताएका छन् । न्यूज ब्यूरोसँगको जिज्ञासामा पत्रकार यादवले तेली कुट्टीको त्यो जग्गा आफ्नो रहेको उनीहरुले नै कब्जा गरेको दाबी गरेका छन् ।  

केही दिन जनकपुरको पतञ्जली योग पिठको जग्गामा समेत पत्रकार यादवले तोडफोड गराएर जग्गा खाली गराउन लागेको आरोप लागेको थियो । अहिले प्रदर्शनकारी र जिल्ला प्रहरीबीच छलफल जारी छ । 

सो क्रममा पत्रकार यादवको घरमा ढुँगामुढा गर्ने ७ जना पक्राउ समेत परेको जनाइएको छ ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Weapons None
Primary Cause Access/control of public land
Actor 1 - Number of people More than 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments