Incident Reports

किर्ते गरेको आरोपमा वडा कार्यालयमा तालाबन्दी

2020-08-29

Karnali, Salyan, Sharada, Ward 12

किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरिएको भन्दै नेकपाका कार्यकर्ताले शुक्रबार शारदा नगरपालिका–१२ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लिप्।्mट खानेपानी योजना गठनमा वडाध्यक्ष दिपक हमाल र उपभोक्ता समितिका अध्यक्ष प्रेमलाल विष्टले किर्ते हस्ताक्षर गरेको उनीहरुको आरोप छ ।

उपभोक्ता समिति गठन गर्दा आफूहरुलाई बेवास्ता गरेको नेकपा कार्यकर्ताको आरोप छ । एकपक्षीय रुपमा समिति गठन गरिएकाले कार्यालयमा तालाबन्दी गरिएको नेकपा जिल्ला कमिटी सदस्य भोला बुढाथोकीले बताए । सर्वदलीय उपभोक्ता समिति गठन नगरिँदासम्म ताला नखोलिने उनको भनाइ छ । 

कोरोनाको जोखिमका कारण औपचारिक कार्यक्रम र भेला गर्न समस्या भएपछि उपभोक्ताको घरघरमा गएर उपभोक्ता समिति गठन गरिएको वडाध्यक्ष हमालले बताए । ‘कुनै गलत कार्य गरिएको छैन,’ उनले भने, ‘तर राजनीतिक प्रतिशोधका कारण कार्यालयमा तालाबन्दी गरियो ।’ वडा कार्यालयमा तालाबन्दी गर्नेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिन थालेको उनले बताए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments