2020-08-29
किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरिएको भन्दै नेकपाका कार्यकर्ताले शुक्रबार शारदा नगरपालिका–१२ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लिप्।्mट खानेपानी योजना गठनमा वडाध्यक्ष दिपक हमाल र उपभोक्ता समितिका अध्यक्ष प्रेमलाल विष्टले किर्ते हस्ताक्षर गरेको उनीहरुको आरोप छ ।
उपभोक्ता समिति गठन गर्दा आफूहरुलाई बेवास्ता गरेको नेकपा कार्यकर्ताको आरोप छ । एकपक्षीय रुपमा समिति गठन गरिएकाले कार्यालयमा तालाबन्दी गरिएको नेकपा जिल्ला कमिटी सदस्य भोला बुढाथोकीले बताए । सर्वदलीय उपभोक्ता समिति गठन नगरिँदासम्म ताला नखोलिने उनको भनाइ छ ।
कोरोनाको जोखिमका कारण औपचारिक कार्यक्रम र भेला गर्न समस्या भएपछि उपभोक्ताको घरघरमा गएर उपभोक्ता समिति गठन गरिएको वडाध्यक्ष हमालले बताए । ‘कुनै गलत कार्य गरिएको छैन,’ उनले भने, ‘तर राजनीतिक प्रतिशोधका कारण कार्यालयमा तालाबन्दी गरियो ।’ वडा कार्यालयमा तालाबन्दी गर्नेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिन थालेको उनले बताए ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Gherau/Dharna (sit-in)/padlocking |
Primary Cause | Other governance issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | NCP (Nepal Communist Party) and Affiliates |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD