Incident Reports

समयमा अस्पतालले भर्ना नगर्दा उपचारबाट वञ्चित, बिरामीको मृत्यु

2020-08-30

Province 1, Udayapur, Chaudandigadhi, Ward 6

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।

तर,चौदण्डीगढी नगरपालिका–६ की ६५ वर्षीया डम्वरकुमारी बस्नेतको उपचार अभावमा भदौ १४ गते मृत्यु भएको छ । खाना खाने क्रममा भात सर्किएर बिरामी हुनु भएकी ज्येष्ठ नागरिक बस्नेतको उपचारका अभावमा मृत्यु भएको मृत्तकका ज्वाई पशुपति भण्डारीले बताउनु भयो ।

उपचारका लागि उदयपुरबाट विराटनगर पुर्‍याएपछि विराटनगरका नौ ओटा अस्पतालले कोरोना भाइरस सङ्क्रमण हुन नसक्ने भन्दै भर्ना नलिएपछि उपचार अभावमा मृत्यु भएको पीडित परिवारले जनाएको छ । भदौ १३ साँझ खाना खानेक्रममा भात सर्किएर सासु आमा अचेत भएको मृत्तकका ज्वाई पशुपति भण्डारीले बताउनु भयो ।

तत्काल प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचारकाका लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको स्वास्थ्य केन्द्रले जनाएको छ । उपचारका लागि विराटनगरमा रहेका मोरङ्ग सहकारी, म्याक्स अस्पताल, न्यूरो अस्पताल, ग्रिनक्रस अस्पताल, लाईफगार्ड अस्पताल, विराट नर्सिङ्ग (विराटनगर हस्पिटल), विराट मेडिकल कलेज, गोल्डेन अस्पताल र कोसी अस्पतालमा पुर्याइएको एम्वुलेन्स चालक दीपक खत्रीले बताउनु भयो ।

चालक खत्रीले भन्नुभयो, ‘ बिरामीको अवस्था वुझ्दै नवुझी एम्वुलेन्सबाट झार्न नदिई गेटबाट फर्काइ दिए ।’अन्तिममा गोल्डेन अस्पतालले भर्ना त लियो तर बिरामीको अवस्था गम्भीर भएकोले आइसीयूमा राख्नु पर्ने र अस्पतालको आइसीयू खाली नभएकोले अन्यत्र लैजान भन्दै निकाली दिए ।

कोरोना भाइरसको सङ्क्रमण भन्दै अस्पतालले बिरामीलाई भर्ना लिन नमानेको ज्वाई भण्डारीले बताउनु भयो । कोरोना भाइरसको सङ्क्रमण नभएर भात सर्किएर अचेत भएको बताउँदा पनि अस्पतालहरूले भित्रै पस्न नदिएको भण्डारीले बताउनु भयो । नौ ओटा अस्पताल चाहार्दा पनि उपचार पाइएन उहाँले भन्नुभयो, ‘अन्तिममा गोल्डेनले छातीको एक्सरे, रगत लगायतको जाँच गरेपनि बिरामीलाई आइसीयूमा राख्नु पर्ने अवस्था छ तर, आइसीयू खाली छैन् भन्दै पठाएपछि घर ल्याउने बाध्यता भयो ।

रातभरी विराटनगरका अस्पताल चार्हादा पनि उपचार गर्न नमानेपछि भदौ १४ गते बिहान ८ बजे घर ल्याएको उहाँले बताउनुभयो । घर ल्याएको तीन घण्टापछि सासु आमाको मृत्यु भयो ।

भरत खड्का

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments