Incident Reports

भक्तपुरमा वडा कार्यालयले कोरोना संक्रमितको घरमा ताला लगायो

2020-09-04

Bagmati, Bhaktapur, Bhaktapur, Ward 10

भक्तपुरमा कोरोना संक्रमितको घरमा वडा कार्यालयले ताला लगाएको छ। भक्तपुर नगरपालिका १० मा ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि घरमा वडा कार्यालयले ताला लगाइदिएकाे हाे। बुधबार ४७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल लगिसकेको छ। वडा कार्यालयले घरमा ताला लगाईदि पछि कमलविनायक स्थित संक्रमित पुरुषका परिवार र डेरागरी बस्ने तीन परिवारका १० जना घरभित्र थुनिएका छन् । अन्य स्थानमा यस अघि कोरोना संक्रमित भेटिएपछि संक्रमितको टोलका केहि भाग मात्रै संक्रमित क्षेत्र भनेर सिल गर्ने गरिएको थियो। संक्रमितको घरमा डेरा गरि बस्ने मानिसहरु बाहिर निस्केको भन्दै घरबेटीको अनुमतिमा ताला लगाएको भक्तपुर नगरपालिका–१० का वडाध्यक्ष लक्ष्मी प्रसाद ह्ँयौमिखाले बताए।

टोलका स्थानीयहरुले संक्रमितको घरबाट मानिसहरु घर बाहिर आवतजावत गरेको गुनासो आएपछि संक्रमण समुदायमा फैलिने डरले घरमा ताला लगाएको वडाध्यक्ष ह्ँयौमिखाको भनाइ छ। घरमा बस्ने मानिसहरुलाई केही समस्या भए स्थानीयले सहयोग गर्ने ह्ँयौमिखाको दाबी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि संक्रमितको पहिचान खुल्ने गरि कुनै पनि गतिविधि नगर्न भनि सकेको छ। वडा अध्यक्षको संलग्नतामा संक्रमितको घरमा ताला लगाइएको छ। संक्रमितको घरमा ताला लगाउनु गलत भएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले यसबारे आफूलाई थाहा नभएकाे र बुझ्ने बताए। उनले भने,' संक्रमितको घरमा ताला गरिएको थाहा छैन। केही अवाञ्छित गतिविधि भएको रहेछ भने म बुझ्छु।' संक्रमितको टोलमा संक्रमण देखिएमा स्थानीय तहले टोल शिल गर्ने गरेको भएपनि तर, वडा कार्यालयले घरमा ताला लगाएको जानकारी नभएको भक्त


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Other governance issues
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people N
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments