Incident Reports

क्‍वारेन्टाइनमा भएको खर्चको हिसाब माग्दै कांग्रेसको प्रदर्शन

2020-09-06

Sudurpashchim, Kanchanpur, Shuklaphanta

कञ्चनपुर : नेपाली कांग्रेस शुक्लाफाँटा नगर कार्य समितिले क्‍वारेन्टाइनमा भएको खर्चको हिसाब सार्वजनिक गर्न माग गर्दै आइतबार शुक्लाफाँटा नगरपालिका कार्यालय घेराउ गरेको छ। कांग्रेसका कार्यकर्ताहरुले क्‍वारेन्टाइन र आइसोलेसनमा खर्च भएको तीन करोड ३२ लाख रुपैयाँको बिल भर्पाइ, गाई व्यवस्थापनमा भएको खर्च र राहत वितरणमा भएको खर्चको हिसाब मागी नगरपालिका घेराउ गरेका हुन्। नगरपालिका घेराउ कार्यक्रममा बोल्दै कांग्रेस नगर स्तरीय अनुगमन समितिका संयोजक धौल सिंह महराले क्‍वारेन्टाइन र आइसोलेसन सञ्चालनमा नगरपालिकाका कुनै पनि वडाले स्वास्थ्यको मापदण्ड अनुरुप कार्य नगरेको आरोप लगाए। ‘व्यक्तिलक्षित हाम्रो आन्दोलन होइन’ उनले भने, ‘नीतिविरुद्ध भैरहेका कार्यका लागि आन्दोलनमा उत्रिनुपरेको छ।’

नगरपालिकाका सवारी साधनको चरम दुरुपयोग बढेको चर्चा गर्दै उनले सयरसपाटका लागि नगरपालिकाका गाडी प्रयोग हुँदै आएको बताए। कांग्रेसका महाधिवेशन प्रतिनिधि दुर्गादत्त भट्टले नगरपालिकामा व्यापक अनियमियता बढेकाले यसविरुद्ध भण्डाफोर गरेरै छाडिने बताए। ‘पटक पटक नगरपालिकाका नगर प्रमुखसहित सबै जनालाई सचेत गराउँदै आएका छौं’ उनले भने, ‘झन अनियमियता बढ्दै गएको छ। त्यसविरुद्ध हाम्रो आन्दोलन हो। सूचनाको हक प्रयोग गरेर नगरपालिकासँग सूचना माग्दा पनि पाउन सकिएको छैन।’ नगरपालिकाका इन्धन वितरणमा समेत व्यापाक दुरुपयोग भएको उनले बताए। कांग्रेसका नगरस्तरीय अनुगमन समितिका सदस्य वीरबहादुर बोहराले विकास निर्माणका कार्यमा पक्षपात भएको भन्दै नगरपालिकाका कार्यालयमा ज्ञापन पत्र दिँदासमेत सुनवाइ हुन नसकेको बताए। ‘नगर शिक्षा समिति ऐनविपरीत गठन गरिएको छ, त्यसको खारेजी हुनु पर्छ,’ उनले भने, ‘गुमराहमा राख्न खोजिएको छ। नियमविपरीत गठन गरिएको शिक्षा समिति तत्काल खारेज गरिनु पर्छ।’


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Quarantine Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments