Incident Reports

पोखरालाई जगाउदै “जागौं पोखरा” : ३ बुदे माग सहित महानगर अगाडी धर्ना सुरु

2020-09-06

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा : न मान, न सम्मान , पोखरा जगाउने महाअभियान। जागौं, जागाऔं र हातेमालो गर्दै पोखरा बनाऔ भन्ने भनाईका साथ “जागौं पोखरा” अभियानले ३ बुदे माग सहित पोखरा महानगरपालिकाको कार्यालय अगाडि धर्ना सुरु गरेको छ। “जागौं पोखरा” अभियानले १३ करोडको हिसाब सार्वजनिक गर, कर्मचारी सेवा ऐन २०७६ स्थगित गर, महानगरमा कार्यरत पछिल्लो १० बर्ष यताका सबै कर्मचारीहरुको सम्पति छानबिन गरि सार्बजनिक गर भन्ने ब्यानर र प्लेकार्डहरुको सान्तिपुर्ण प्रदर्श गर्दै धर्ना सुरु आज आईतबारबाट धर्ना सुरु गरेको हो। धर्ना कार्यक्रम सँगै १३ करोडको खोजिको लागि जागौ पोखराले हस्ताक्षर अभियान पनि चलाएको छ।

जनताको करबाट तलब सुबिधा खाएर पालिएका कर्मचारी र जनताले भोट दिएर जिताएका जनप्रतिनिधिहरु नै भ्रष्टाचारको भुमरीमा रुमलिएकोले “जागौ पोखरा” अभियानले बिरोध प्रदर्शन गरि जनतालाई जागरुक बानाउन लागेको र महानगरलाई पार्दर्शि बन्नको निम्ति सान्तिपुर्ण आन्दोलन गर्नु परेको बिरोध कार्यक्रमकी संयोजक शिरिष गुरुङको भनाई छ। १३ करोडको बिषयमा करिब १ महिना अगाडि पोखरा महानगरपालिका का प्रमुख मान बहादुर जि.सिलाई ध्यानाकर्षण गराएको र २५ दिनको समय दिए पनि महानगरबाट कुनै एक्सन नभए पछि धर्ना कार्यक्रम गर्न बाध्य भएको संयोजक शिरिष गुरुङ बताउनु हुन्छ। “२५ दिनको समय दिनु भएको थियो मेयर साबले तर २५ दिन बिति सक्यो, १३ करोडको वास्ता भएन” संयोजक गुरुङले आदर्श खबर सँग भन्नु भयो।

भ्रष्टाचार गरेका कर्मचारीलाई कारबाहि हुनु त कहाँ छ कहाँ छ उल्टै पोखरा महानगरले कर्मचारी सेवा ऐन २०७६ ल्याएर भ्रष्टकर्मचारीहरुलाई तह बढुवा गर्न लागेकोमा आपत्ति जनाउदै “जागौ पोखरा”का अभियान्ता दिपक आचार्यले पोखरा महानगरले सधै नियम बिपरित काम गरेको र महानगरबाट जनताले कुनै पनि उपलब्धि नपाउने भएपछि पोख्रेली जनताको मर्मलाई बुझेर “जागौ पोखरा” अभियान सडकमा आएर सन्तिपुर्ण आन्दोलन र बिरोध गर्नु परेको बताउनु हुन्छ।

आज आईतबारबाट सुरु भएको धर्ना कार्यक्रम ७ दिन सम्म चल्ने जसमा ३ दिन पोखरा महानगरपालिकाको कार्यालय अगाडि, १ दिन गण्डकी प्रदेश प्रमुखको कार्यालय, १ दिन जिल्ला प्रशाशन कार्यालय कास्की र १ दिन अक्तियार दुरुपयोग अनुसन्धान कार्यालय कास्कीमा हुने “जागौं पोखरा”का सूचना अधिकारी कृष्ण बरालले आदर्श खबरलाई जानकारी दिनु भयो। धर्ना कार्यक्रम बिहान १०:३० देखि ११:३० सम्म हुने सूचना अधिकारी बरालको भनाई छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments