Incident Reports

पक्राउ परेका सम्पदा संरक्षक अगुवाईको रिहाइको माग गर्दै मंगलबजारमा मौन प्रदर्शन

2020-09-07

Bagmati, Lalitpur, Lalitpur

काठमाडौं – मछिन्द्रनाथको रथ तान्ने क्रममा बिहीवार पक्राउ परेका अगुवा अशोक महर्जनको रिहाईको माग गर्दै स्थानीयले मौन प्रदर्शन गरेका छन् । स्थानीयले आज (सोमवार) मंगलबजार र पाटनमा मौन प्रदर्शन गर्दै हिरासतमा रहेका महर्जनको रिहाईको माग गरेका हुन् ।

बिहीवार निषेधाज्ञाका बीच ललितपुरको पुल्चोकमा जबरजस्ती रथ तान्न जम्मा भएका युवा र प्रहरीबीच झडप परेको थियो । झडपपछि प्रहरीले २० जनालाई पक्राउ गरेको थियो ।

प्रदर्शनकारीले ट्राफिक प्रहरीलाईसमेत कुटपिट गरेपछि प्रहरीले प्रदर्शनमा उत्रेकालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये तीन जनालाई प्रहरीले आइतबार रिहा गरेको थियो । बाँकी १७ जनालाई सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखिएको अनुसन्धान अगाडि बढाएको छ ।

स्थानीयले हिरासतमा रहेकालाई तत्काल रिहाईको माग गर्दै मौन प्रदर्शन गरेका हुन्  । 




 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments