Incident Reports

कुलमानलाई पुनःप्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउन माग गर्दै डडेल्धुरामा राँके जुलुस

2020-09-14

डडेल्धुरा- नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा फेरि पनि कुलमान घिसिङ नै हुनुपर्ने माग राख्दै डडेल्धुरामा राँके जुलुस प्रर्दशन गरिएको छ।

नेपाल विद्यार्थी संघ, डडेल्धुराले 'उज्यालो नेपाल' बनाउन घिसिङ सफल भएकाले पुनः नियुक्त गर्न सरकारलाई दबाब दिने उद्देश्यले डडेल्धुरा सदरमुकाममा आइतबार साँझ राँके जुलुस निकालेको हो।

'नेपाली जनता के भन्छ, कुलमान घिसिङ ल्याऔं भन्छ', 'अरु आए अन्धकार, कुलमान आए चमत्कार'लगायतका नारा लगाउदै नेविसंघ डडेल्धुराले प्रर्दशन गरेको हो।

राँके जुलुस निकालेको केही समयमा नै प्रहरीले रोकेको थियो। प्रर्दशनपछि भीमदत्त चोकमा कोणसभा गरिएको छ। कोणसभामा बोल्दै नेविसंघका नेता जगत ऐरले कुलमान घिसिङ पुनः नियुक्त नभए नेविसंघ डडेल्धुरा थप आन्दोलित हुने बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments