Incident Reports

अनेरास्ववियूका जिल्ला नेतामाथि प्रहरीद्वारा निर्घात कुटपिट

2020-09-16

भदौ ३१, २०७७ कञ्चनपुर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पुनर्वास नगर कमिटीले विद्यार्थी नेता टेकबहादुर थापासहित स्थानीयमाथि प्रहरीले गरेको निर्घात कुुटपिटको छानबिन गरी संलग्नलाई कार्वाही गर्न माग गरेको छ। इलाका प्रहरी कार्यालयमा नेकपा सम्बद्ध अनेरास्ववियूका जिल्ला सदस्य थापालाई निर्घात कुटपिट गरिएको थियो। नेकपा नगर कमिटीले विज्ञप्ति प्रकाशित गरी छानिबनको माग गरेको हो। प्रहरीले नियन्त्रणमा लिएका स्थानीयलाई छुटाउन प्रहरी कार्यालय गएका थापासहितलाई केही व्यक्तिलाई प्रहरी कार्यालयभित्रै कुटपिट गरिएको थियो। प्रहरीको कुटपिटबाट थापाको शरीरभर नीलडाम भएको छ। थापासहित स्थानीय प्रहरी कार्यालभित्र हुँदा बाहिरबाट एकाएक ढुङ्गामुढा प्रहार भएपछि उनीहरुलाई कुटपिट गरिएको बताइएको छ। ‘प्रहरीले नियन्त्रणमा लिएर मरणासन्न हुने गरी कुटपिट गरिएका अनेरास्ववियूका नेता कार्यकर्ताहरुलाई झुटा मुद्दा लगाएर फसाउने प्रहरीले परिपञ्च रचेको छ,’ विज्ञप्तिमा भएिको छ, ‘इलाका प्रहरी कार्यालयमा भएको सिसिटिभि फुटेज र घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्दछौं।’


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence against civilians
Secondary Form Excessive Use of Force
Weapons None
Primary Cause Law and Order Violence
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments