Incident Reports

दुई समुदायबीच विवाद हुँदा मलंगवामा कर्फ्यू

2020-09-19

Madhes, Sarlahi, Malangawa

सर्लाहीको मलंगवामा दुई समुदायबीच विवाद भएपछि कर्फ्यू लगाइएको छ।

शुक्रबार साँझ मलंगवा नगरपालिका वडा नं‍ ३ विश्वकर्मा चोकबाट विश्वकर्मा बाबाको मूर्ति सेलाउनको लागि ट्याक्टरमा राखेर लैजाने क्रममा मस्जिद नजिकै पुगेर होहल्ला गरेको तथा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिम समुदायबीच विवाद सुरु भएको थियो।

बाटोमा मुस्लिम समुदायको बस्तीको मस्जिद नजिकै पुग्दा ट्याक्टरमा बजाइएको डिजे बाजालाई लिएर विवाद हुँदा हुनसक्ने सम्भावित झडप नियन्त्रणको लागि मलंगवामा कर्फ्यू लगाइको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

बाजा बजाएको विषयलाई लिएर मुस्लिम समुदायका मानिसहरु वादविवाद गरेको विषयलाई लिएर शनिबार हिन्दु पक्षले फेरि उक्त क्षेत्रमा भेला भएर विवाद गर्न खोजेकोले आज दिउँसो डेढ बजेदेखि आइतबार बिहान ८ बजेसम्मको लागि मलगंवा बजारमा कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

केही दिन पहिला धनुषाको जनकपुरधाममा समेत हिन्दु युवाले दाहाको तस्विर सामाजिक सञ्जालमा राखेको निहुँमा विवाद गरेपछि झडप भएको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Law and Order Violence
Actor 1 - Number of people N
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments