Incident Reports

कुलमानको पक्षमा झापामा प्रदर्शन, पुनःनियुक्तिको माग

2020-09-19

Province 1, Jhapa, Birtamod

 झापा, असोज ३ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै झापामा सर्वसाधरणले प्रदर्शन गरेका छन् । झापाको बिर्तामोडमा घिसिङको पक्षमा सर्वसाधरण युवाहरुले स्वस्फूर्त रुपमा शान्तिपुर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले घिसिङको पक्षमा प्लेकार्ड बोकेर बिर्तामोड परिक्रममा गरेका थिए ।

परिक्रममा पछि मुक्तीचोकमा भेला भएका युवाहरुले देशको अन्धकार हटाउने ब्यक्तिलाई फालेर राजनीतिक नियुक्त हुने खेल भएको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले ‘हाम्रोलाई हैन राम्रोलाई नियुक्ति गर’ ‘उज्यालो नेपालको नायक कुलमान घिसिङलाई पुनःनियुक्ति गर’ ‘भ्रष्टचारको अन्त्य गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

दैनिक १८ घण्टाको लोडसेडिङ घटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्षमै ११ अर्ब रुपैयाँ नाफामा लगेको लगायतका सफलताका कारण सर्वसाधारणले प्राधिकरणमा फेरि पनि घिसिङलाई नै दोहो¥याउन माग गरेका छन् ।

आफ्नो चारवर्षे कार्यकाल पुरा गरेर घिसिङ गत आइतबार बिदा भएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments