Incident Reports

डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै धनगढीमा प्रदर्शन

2020-09-21

Sudurpashchim, Kailali, Dhangadhi

डाक्टर गोविन्द केसीको समर्थनमा सोमबार पनि धनगढीमा प्रदर्शन भएको छ। उनका समर्थकले धनगढीको चौराहामा प्रदर्शन गरेका हुन।

प्रदर्शनमा उत्रिएका उनीहरुले डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने, सबै मागहरु पूरा गर्नु पर्ने, लुटतन्त्र बन्द गर्नुपर्ने माग गरेका छन्।

डाक्टर गोविन्द केसी गत भदौ २९ गतेदेखि जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा १९औं अनसन बसेका थिए। तरस्वास्थ्यमा समस्या भएपछि त्यहाँबाट काठमाडौंका लागि हिँडिसकेका छन्।

स्वास्थ्यमा समस्या देखिन थालेपछि डाक्टर केसीलाई शनिबार राति नै प्रहरीले बलपूर्वक अस्पताल पु¥याएको थियो। सोमबार भने डाक्टर केसी आफैं काठमाडौं आउन तयार भएका थिए। काठमाडौं जान हिँडेका डाक्टर केसी बाकेको नेपालगञ्जमा आएर रोकिएका छन्। उडान नभएकाले उनी नेपालगञ्जमै रोकिएका हुन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments