Incident Reports

श्रीमती जिस्काएको निहुँमा खुकुरी प्रहार !

2020-09-19

Province 1, Sunsari, Inaruwa, Ward 8

इनरुवा, ५ असोज । सुनसरीको इनरुवामा श्रीमती जिस्काएको निहुँमा एक पुरुषले वृद्धमाथि खुकुरी प्रहार गरेका छन् । आफ्नी श्रीमती जिस्काएको भन्दै इनरुवा ८ का बलबहादुर खड्काले छिमेकी ६५ वर्षिय चन्द्रबहादुर कोइराला माथि खुकरीले आक्रमण गरेका हुन् ।

खुकुरी प्रहारबाट वृद्ध कोइराला सहित उनकी श्रीमती भगवती समेत घाइते भएकी छिन् । प्रहरीका अनुसार वृद्धा भने पतिलाई जोगाउने क्रममा घाइते हुन पुगेकी हुन् ।

घटना शनिबार साँझको भएपनि सार्वजनिक नहुँदा बाहिर आएको थिएन् । घटनाका विषयमा प्रहरी प्रमुख कमल थापाले पुष्टि गरेका छन् । थापाका अनुसार कोइरालाको व्यवहारबाट आजित भएपछि खड्काले खुकुरीले आक्रमण गरेको प्रहरी समक्ष स्विकारेका छन् ।

घटनाको विषयमा गाउँलेले प्रहरीलाई खबर गरेका थिए । खड्कालाई नियन्त्रणमा लिएको प्रहरीले उनी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी कार्वाहीको प्रकृया अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार घाइते वृद्धको अवस्था भने गम्भिर छ । घाइते दम्पतीको बिराट नर्सिङ होममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
National/Online Media

0 Comments

Related Reports