Incident Reports

गोविन्द केसीको समर्थनमा पोखरामा प्रदर्शन

2020-09-22

Gandaki, Kaski, Pokhara Lekhnath

काठमाडौं–चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका अभियन्ता डा गोविन्द केसीको सत्याग्रहको समर्थनमा आज पोखरामा पनि प्रदर्शन गरिएको छ। 

सत्याग्राही डा गोविन्द केसीको माग पूरा गरी जीवनरक्षा गर्नुपर्ने माग राख्दै सार्वजनिक बौद्धिक मञ्च नेपाल, जागौं पोखरा अभियान र सोलिडारिटी फर डा गोविन्द केसीले प्रदर्शन गरेका हुन्। 

डा केसीले आफूसँग विगतमा भएका सम्झौता अक्षरशः कार्यान्वयनको माग राख्दै भदौ २९ गतेदेखि जुम्लामा १९ औं सत्याग्रह थालेका छन्। स्वास्थ्यस्थिति बिग्रिएपछि शनिबार उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उनले अस्पतालमै सत्याग्रह जारी राखेका छन्। 

सत्याग्रहको आठौं दिन उनको स्वास्थ्यस्थिति बिग्रँदै गएको छ भने माग पूरा नहुँदासम्म औषधि लिनसमेत अस्वीकार गरिरहेका छन्। 



 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments