Incident Reports

कोरोना संक्रमित कैदीको मृत्यु भएपछि वीर अस्पतालमै आफन्तको प्रदर्शन

2020-09-19

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – केन्द्रीय कारागारमा जेल सजाय काटिरहेका कैदीको उपचारको क्रममा ज्यान गएपछि आफन्तले विरोध प्रदर्शन गरेका छन् । वीर अस्पताल अगाडि उनीहरुले प्रदर्शन गरेका हुन्।

कर्तव्य ज्यान मुद्दामा जेल सजाय काटिरहेका ६३ वर्षका रामलखन जैसवाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि अशोज ३ गते वीर अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा सोही दिन निधन भयो ।

स्वाब संकलन गरी भएको पीसीआर परीक्षणको रिपोर्ट सोमबार बेलुका आएको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । र उनमा काेराेना संक्रमण पुष्टि भएकाे उनले बताए।

जन्मकैदको सजाय भोगिरहेका रुपन्देहीको सिद्धार्थ नगरपालिकाका जैसवाल मिर्गौलाका रोगी थिए । उनको डायलासिस पनि हुँदै आएको थियो ।

२०८९ सालमा जेलमुक्त हुने थिए उनी । उनको परिवारका सदस्यले भने जेलमै उनको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । परिवारका सदस्यसँग कुरा भइरहेको जेलर बाँस्कोटाले बताएका छन् ।

केन्द्रीय कारागारमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments