2020-09-22
Province 1, Sunsari, Dharan
धरान । भदौ २२ गते विहान आफ्नो कोठामा मृत फेला परेकी धरान–११की सुनिहाङ्मा लिम्बुको हत्या भएको दाबी गर्दै उनको माईती पक्षले निरन्तर दोषी पत्ता लगाएर कारबाही गर्न माग गरिरहेको छ ।
सोहि क्रममा मङ्गलबार दोषीलाई कारबाहीको माग गर्दै धरान बजारमा प्लेकार्ड सहित ¥याली प्रदर्शन भयो । साँझमा भानुचोकमा दीप प्रज्वलन गरेर न्यायको माग गरियो ।
केही दिनअघि पत्रकार सम्मेलन गरेर सुनिहाङ्माका पति सिंगापुर प्रहरीमा कार्यरत युबि भनिने आइत माबोलाई नेपाल झिकाएर अनुसन्धानको दायरामा ल्याउनु पर्ने माग सहित संघर्ष समिति घोषणा गरेको थियो । सुरुका दिनमा माइती पक्षका केही व्यक्तिले सुनिहाङ्माको हत्या भएको भन्दै निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्दै आएका थिए तर पछिल्लो समय उनको माइती गाउँको छथरको समाज नै आन्दोलनमा उत्रिएको छ । हाल धरानमा बसोवास गर्ने छथर थातथलो भएकाहरुको संस्था छथरे समाजका अध्यक्ष मोहनप्रसाद तिगेला सुनिहाङ्माको न्यायका लागि संघर्ष समितिका संयोजक रहेका छन् भने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला पनि धरान आएर न्यायका लागि संघर्षमा सहयोग गरिरहेका छन् ।
सुनिहाङ्माको मृत्यु भएपछि उनका पति पक्षका आफन्तले उनले आत्महत्या गरेको दाबी गर्दै आएका छन् भने माइती पक्षले हत्या भएको दाबी गर्दै आएका छन् । सुनिहाङ्मालाई उनका पति र आमाजुले पहिलादेखि विभिन्न आरोप लगाएर तनाव दिने गरेको, उनको मृत्युपछि पनि माइती पक्षलाई खबर नगरेको, सुनिहाङ्मा झुन्डिएको भनिएपनि उनको शव ओछ्यानमा सुताइएको र डोरी काटेर झारिएको भनिएपनि उनलाई अस्पताल नलगिएको, डोरी काटिएको अवश्थामा नरहेको, पंखामा सल झुन्डिएको र त्यो सल बाँधिएको गोलाईमा टाउको छिर्ने अवश्था नरहेको, उनको शरिरमा निला दागहरु देखिएको लगायतका कारण बताउँदै माइती पक्षले उनको हत्या दाबी गर्दै आएको छ । तर उनको पति पक्षका आफन्तहरु भने माईती पक्षको दाबीमा कुनै सत्यता नरहेको बताउँदै आएका छन् ।
माइती पक्षले भदौ २४ गते हत्या भएको दाबी गर्दै प्रहरीमा ५ जना विरुद्ध किटानी जाहेरी दिएकोमा ससुरा, आमाजुहरु र देवर पक्राउ परेका छन् । पति आइत माबो विरुद्ध पनि किटानी जाहेरी दिएको भएपनि उनलाई कारबाहीको दायरामा नल्याइएको, हालसम्म पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगरिएको र पक्राउ परेकी आमाजुलाई कोरोना संक्रमण भएको भन्दै घर पठाइएको जस्ता कारणमा असन्तुष्टि जनाउँदै उनीहरुले प्रहरी प्रशासन माथि नै शंका व्यक्त गरेर संघर्ष सुरु गरेका हुन् ।
मङ्गलबारको प्रदर्शन तथा दीप प्रज्वलनमा पनि वक्ताहरुले त्यहि कुरा दोहो¥याए । न्यायका लागि अभियानका संयोजक मोहनप्रसाद तिगेलाले प्रहरीले सिंगापुरमा रहेका आइत माबोलाई झिकाएर अनुसन्धानको दायरामा ल्याउन नसकेको भन्दै प्रहरी अनुसन्धानमै शङ्का व्यक्त गरे ।
छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले पनि घटना शङ्कास्पद भएकाले उचित छानबिन हुनुपर्ने माग गरे । अभियान समितिले धरान उपमहानगरपालिका, धरानका विभिन्न राजनीतिक दल र सामाजिक संघसंस्था र अधिकारकर्मीहरूलाई न्यायको माग गर्दै ज्ञापन पत्र पनि बुझाएको छ ।
मङ्गलबारको दीप प्रज्वलन कार्यक्रममा समितिले न्यायका लागि सहयोग गरिदिन स्थानीय सरकार, राजनीतिक दलहरू, नागरिक समाज तथा अधिकारकर्मीहरुलाई आग्रह गरेको छ । समितिले न्याय नपाएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्ने बताएको छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Issues related to legal action and access to justice |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD