Incident Reports

डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन, केही पक्राउ

2020-09-26

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं, असोज १० । चिकित्सा शिक्षा क्षेत्रको आमूल सुधारका लागि भन्दै १९ औं पटक सत्याग्रहमा रहनु भएका डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ ।

काठमाडौंको माइतीघर मण्डलमा शनिबार गरिएको प्रदर्शनमा सहभागि करिब दुई दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ पनि गरेको छ ।

वरिष्ठ चिकित्सक डा. केसीको जीवन रक्षा र उहाँसँग सरकारले गरेका सम्झौताहरु कार्यान्वयनको माग गर्दै समर्थकहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सरकारले ठूलो संख्यामा प्रहरी तैनाथ गरेको थियो । 

प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी ओलीविरुद्ध र केसीको पक्षमा नाराबाजी गरेका थिए ।

जुम्लाबाट अनशन थाल्नु भएका डा. केसी हाल काठमाडौंको शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ र त्यहीँबाट अनशनलाई निरन्तरता दिइराख्नुभएको छ ।

जुम्लामा अनशनरत केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौं ल्याइएको थियो । हाल उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 17
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments