Incident Reports

करार कर्मचारीद्वारा सल्यानको छत्रेश्वरी गाउँपालिकाका सबै वडामा तालाबन्दी

2020-09-27

Karnali, Salyan, Chhatreshwori

सरुनानु चलाउने, सल्यान ।  

सल्यानको छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार कर्मचारीले गाउँपालिकाका सात वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । म्याद थप गर्नु पर्ने भन्दै करार कर्मचारीहरुले वडामा तालाबन्दी गरेका हुन ।

आफ्नो माग पुरा नभएसम्म वडामा तालाबन्दी जारी रहने करार कर्मचारी संघर्ष समितिका संयोजक दीलिप बोहराले बताउनु भयो । उहाँले भन्नु भयो ‘गाउँपालिकाका सात वटै वडामा तालाबन्दी गरेका छाँै । यदी तालाबन्दीबाट पनि समस्या समाधान नभए १३ गतेबाट गाउँपालिकाको कार्यालयमा धर्ना दिन्छौँ ।

वाम निकट र काँग्रेस निकट जनप्रतिनिधिको विवादले आफूहरुको रोजीरोटी गुम्न लागेकाले आन्दोलन गर्नु परेको बोहराले बताउनु भयो । उहाँले भन्नु भयोे ’हामीहरुलाई राजनीतिक एजेण्डा बनाइएको छ ।’ करारमा कार्यरत कर्मचारीहरुलाई हटाउने भनेर कार्यपालिकाबाट नै आवाज उठेपछि आफुँहरु तालाबन्दी गर्ने निर्णयसम्म पुगको उहाँको भनाई छ । तत्काल नियुक्ति दिइनु पर्ने, करार सम्झौता निरन्तरता हुनु पर्ने आफूँहरुको माग रहेको उहाँको भनाई छ ।

यता वाम निकटका जनप्रतिनिधिहरुले गाउँपालिकाले ताला लगाउन लगाएको आरोप लगाएको छ । वार्ताको औचित्य समाप्त गर्दै केही करार कर्मचारीलाई गाउँपालिकाले उचालेर तालाबन्दी गर्न लगाएको २ न वडा अध्यक्ष प्रेम खड्काले बताउनु भयो । यस प्रकारको गतिविधिबाट आफ्ना अनियमित गतिविधको ढाकछोप गर्न अर्को हर्कत भएको खड्काको आरोप छ ।

विगतका कार्यपालिका वैठ्कले पारित गरेको निर्णय कार्यन्वयन हुनु पर्ने, आवश्यकता भन्दा बढी करारमा भर्ना गरिएका कर्मचारी हटाउनु पर्ने लगायतका माग गरेर बामबाट निर्वाचित जनप्रतिनिधिहरुले नीति तथा कार्यक्रम र बजेट बहिस्कार गर्दै आइरहेका छन् । अनाबश्यक करार कर्मचारी हरुलाई हटाउनु पर्ने माग गर्दै बामले बिरोध गर्दै आईरहेका छन भने काग्रेंस बाट निर्माचित जनप्रतिनिधिले भने करार सबै कर्मचारी राख्नु पर्ने माग राख्दै आएका छन । जसका कारण हालसम्म गाउँपालिकाले नीति तथा कार्यक्रम पास गर्न सकेको छैन ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments