2020-09-27
Sudurpashchim, Kanchanpur, Krishnapur
कञ्चनपुर । सडक सेवा शुःल्कको विरोधमा कृष्णपुर नगरपालिकाका सवारीधनीहरुले आज पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरी आन्दोलनमा उत्रिएका छन् ।
सडकमा सवारी साधन गुडाएवापत नगरपालिकाले कर लिन थालेपछि त्यसबिरुद्ध नेपाली काँग्रेसको अगुवाइमा सवारी धनीहरु आन्दोलनमा उत्रिएका हुन् । सडक अबरुद्ध हुँदा मध्याह्देखि सडकमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
नगरपालिकाले सडक सेवा शुल्क कर उठाउनका लागि रु १० लाखमा ठेक्का सम्झौता गरेको छ । नगरपालिकाले दोहरो कर लिन थालेपछि आन्दोलनमा उत्रिनु परेको सवारीधनीहरुको भनाइ रहेको छ । ट्रक, ट्याक्टर, अटोरिक्सा, जीपलगायतका सवारी र ढुवानीका साधनबाट ठेकेदारले रकम असुल्न थालेपछि सवारीधनीहरु आन्दोलनमा उत्रिएका हुन् । ठेकेदारले नगरपालिकाभित्रका सडकमा गुड्ने सवारी र ढुवानीका साधनबाट रु ५० देखि रु १०० सम्म असुल्न थालेपछि सवारीधनीहरुले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गर्नुपरेको बताएका छन् ।
नगरपालिकाले सवारी साधनबाट शुल्क असुल्ने नीतिमा परिवर्तन नगरे आन्दोलन जारी रहने व्यवसायी हरिबहादुर गैरालले बताए । उनको संयोजकत्वमा सङ्घर्ष समिति समेत गठन गरिएको जनाइएको छ । गत शुक्रबार समेत सवारीधनीहरुले सवारीका साधन लगेर नगरपालिका कार्यालय घेराउ गरी सडक करको विरोध गरेका थिए ।
नगर प्रमुख कर्णबहादुर हमालले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाले सडक सेवा शुल्कका लागि ठेक्का सम्झौता गरेको बताए । उनले सडक अबरुद्ध गर्दा सर्वसाधारणले दुःख पाउने हुँदा वार्ताबाटै समस्या समाधान गर्न आह्वान गरे ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Road block |
Primary Cause | Other economic issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Transport entrepreneurs/syndicate |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD