Incident Reports

सम्झना कामीको न्याय माग्दै चैनपुरमा प्रदर्शन

2020-09-27

बझाङ-मष्टा गाउँपालिका वडा नं २ की १२ वर्षीया सम्झना कामीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा आज पनि अधिकारकर्मी र विद्यार्थी सङ्गठनले प्रदर्शन गरेका छन्।

उनीहरुले ‘न्याय कहिले पाउने र’ भन्दै प्रश्न गरेका छन्। बुधबार साँझ घरबाट गोठमा हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटामै मृत्यु भएको थियो।

घटनामा संलग्न भएको आशंकामा अन्दाजी २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको छ। बोहरा यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ । सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययनरत थिइन्।

घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् । बझाङको मष्टा–२ की १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ।

जिल्ला अस्पताल बझाङमा गरिएको शवपरीक्षण प्रतिवेदनअनुसार बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने सबै तथ्य प्रमाण हेर्दा बोहोरा नै दोषी रहेको बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments